२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको नाफामा सामान्य वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
यो गत वर्षको यसै अवधिको तुलनामा ३ हजार ८१२ प्रतिशत धेरै भएको छ । कम्पनिको कर्जा तथा लगानीबाट हुने आम्दानी बढेर ३ करोड ९९ लाख पुगेको छ भने आम्दानी बढ्दा नाफामा सुधार देखिएको छ ।
बीमा शुल्क संकलन १ करोड ७८ लाखबाट बढेर १९ करोड ४८ लाख पुगेको छ । प्रतिसेयर आम्दानी ४.८८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १०२.९३ रुपैयाँ रहेको छ । ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेकोमा लघु बीमाको रिटेन्ड अर्निङमा १ करोड ९० लाख रुपैयाँ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij