Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

यदि कसैलाई राष्ट्र बैंक मार्फत गुनासो पोख्नु छ, यस्ता छन् सुविधाहरु !

यदि कसैलाई राष्ट्र बैंक मार्फत गुनासो पोख्नु छ, यस्ता छन् सुविधाहरु !


  • 10.2K
    Shares

    यदि कसैलाई राष्ट्र बैंक मार्फत गुनासो पोख्नु छ, यस्ता छन् सुविधाहरु !

    काठमाडौं । नेपाल राष्ट्र बैंकले  वित्तीय ग्राहकको हित संरक्षणकै लागि अनलाइन गुनासो दर्ता गर्ने प्रणाली विकास गरेको छ । बिहीबार नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धीत गुनासाहरु अनलाइनबाटै दर्ता गर्ने ब्याबस्था मिलाएको हो ।

    राष्ट्र र्बैकबाट इजाजतपत्ररअनुमति प्राप्त वित्तीय मध्यस्थता सेवा प्रदान गरिरहेका बैंक तथा वित्तीय संस्था र विभिन्न प्रकारका संस्था र एजेन्टले ग्राहकसँग  साक्षतकार गर्न यो वेब पोर्टल सुरु गरेको हो ।

    पारदर्शी ढंगबाट बैंकिङ क्षेत्रको व्यवसायिक मूल्य र मान्यता एवं नीति निर्देशनको अधीनमा रही ग्राहकको हितलाई प्राथमिकतामा राखी वित्तीय मध्यस्थता सेवा प्रदान गर्नेरगराउने कार्यको सुनिश्चितता गरी वित्तीय ग्राहकको हित संरक्षण गर्ने उद्देश्यका साथ http://gunaso.nrb.org.np पोर्टल सञ्चालनमा ल्याइएको छ ।

    गुनासो दर्ता गर्न  गुनासो दर्ता भएको जानकारी र दर्ता नं इमेल मार्फत प्राप्त हुनेछ ।  गुनासो दर्ता नंद्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सक्नेछ । राष्ट्र बैंकमा दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेलमार्फत जानकारी गराइने जनाएको छ ।  ।

    प्रकाशित मिति :बैशाख १० २०७८ शुक्रवार - १६:०३:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij