Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपाल राष्ट्र बैङ्कले मुद्दती निक्षेपमा लगानी गर्दै

नेपाल राष्ट्र बैङ्कले मुद्दती निक्षेपमा लगानी गर्दै


  • 1.8K
    Shares

    नेपाल राष्ट्र बैङ्कले मुद्दती निक्षेपमा लगानी गर्दै

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले विभिन्न कोषहरूमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।  बैङ्कले कोषहरूमा रेहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो । 

    बैङ्कले आज एक सूचना जारी गर्दै उक्त रकम लगानी गर्न लागेको जानकारी दिएको छ । केन्द्रीय बैङ्कले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थालाई आफूले चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न सूचना मार्फत आग्रह गरेको छ।

    बैङ्कले  उक्त लगानीको लागी बुधवार राती १२ बजेसम्म आवेदन दिन आग्रह गरेको छ । मुद्दती निक्षेपमा मे १७, २०२५ देखि मे १७, २०२६ सम्म ३६६ दिनको लागी राखिने राष्ट्र बैङ्कले जानकारी दिएको छ ।

    बैङ्कको अनुसार ‘क’ वर्गको वाणिज्य बैङ्कमा ३ अर्ब ७ करोड ५२ लाख, ‘ख’ वर्गको बैङ्कले ५७ करोड ६५ लाख र ‘ग’ वर्गको राष्ट्रियस्तरको वित्त कम्पनीमा १९ करोड २१ लाख बराबरको रकम मुद्दती निक्षेपमा राख्ने जानकारी दिएको छ । 

    बैङ्क तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पूरा भएको र निष्क्रिय कर्जा अनुपात ८ प्रतिशत र खुद निष्क्रिय कर्जा अनुपात ३ प्रतिशत ननाघेको हुनुपर्ने लगायत सर्त राखिएको बैङ्कले जानकारी दिएको  छ ।

    प्रकाशित मिति :बैशाख १५ २०८२ सोमवार - १४:३७:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij