२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको संस्थापक सेयर विक्रीमा रहेको छ । बैंकले ११ हजार ७४१ कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।
बैंकले प्रतिकित्ता ११० रुपैयाँ अंकित मूल्यमा वैशाख १५ गतेदेखि यी सेयर बिक्री खुला गरेको छ। सेयर खरीदको लागि विद्यमान संस्थापक सेयरधनीहरूसँगै अन्य व्यक्ति तथा संस्थाहरूले पनि आवेदन दिन सक्ने व्यवस्था रहेको छ।
यसअघि विद्यमान संस्थापक सेयरधनीहरूलाई मात्र सेयर विक्री खुला गरिएकोमा आवेदन प्राप्त नभएपछि अन्य इच्छुक व्यक्ति तथा संस्थालाई समेत आवेदन दिन अनुमति दिइएको छ। इच्छुक खरीदकर्ताहरूले वैशाख २१ गतेभित्र आवेदन दिनुपर्ने छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij