२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ६९ वर्ष पूरा गरी आजदेखि ७० वर्षमा प्रवेश गरेको छ । बैंकले आज ७० औँ वार्षिकोत्सव मनाउँदै छ । २०१३ साल वैशाख १४ गते स्थापना भएको राष्ट्र बैंक ६९ वर्ष पूरा गरेको छ ।
वार्षिकोत्सव अवसरमा राष्ट्र बैंकले विशेष कार्यक्रम गरी मनाउँदै छ । यसपटकको वार्षिकोत्सवमा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा रहेको छ । बैंकले नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउन लागेको यो पहिलो पटक होइन । ७० वर्षको इतिहासमा पछिल्लोपटक ५२ वर्षघअघि राष्ट्र बैंकले नेतृत्वविना नै वार्षिकोत्सव मनाएको थियो ।
२०३० सालमा वार्षिकोत्सव मनाउँदा राष्ट्र बैंक नेतृत्वविहीन अवस्थामा थियो । २०६६ सालमा राष्ट्र बैंक नेतृत्वविहीन भएको थियो । अहिले सरकारले राष्ट्र बैंकको नेतृत्व छनोट गर्न नसक्दा नेतृत्व विहीन मै आधार दशकभन्दा लामो समयपछि नेतृत्वविहीन अवस्थामा वार्षिकोत्सव मनाउनुपर्ने अवस्था सिर्जना भएको छ ।
अहिलेसम्म राष्ट्र बैंकमा १८ औँ गभर्नर छनोटको प्रक्रिया अहिले अवरुद्ध भएको हो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij