Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

वैदेशिक रोजगार

यूएईमा प्रत्येक महिना २५ जनाभन्दा बढी नेपालीको मृत्यु, नौ महिनामा २२६ जनाले गुमाए ज्यान

यूएईमा प्रत्येक महिना २५ जनाभन्दा बढी नेपालीको मृत्यु, नौ महिनामा २२६ जनाले गुमाए ज्यान


  • 2.9K
    Shares

    यूएईमा प्रत्येक महिना २५ जनाभन्दा बढी नेपालीको मृत्यु, नौ महिनामा २२६ जनाले  गुमाए ज्यान

    काठमाडौं । बितेको नौ महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा ज्यान गुमाउने नेपालीको संख्या २२६ पुगेको छ । यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिना (०८१ साउनदेखि चैत मसान्तसम्म) मा उनीहरूको मृत्यु भएको हो ।

    दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, ०८१ को साउनमा ३० जना, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५, फागुनमा १७ र चैतमा १७ जना नेपालीको मृत्यु भएको छ ।

    पछिल्लो नौ महिनामा यूएईमा प्रत्येक महिना औसतमा २५ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु भएको देखिन्छ ।

    गत आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष यूएईमा प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु भएको थियो ।

    नेपाली दूतावासका अनुसार यूएईमा सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोगलगायत कारण नेपालीले ज्यान गुमाउने गरेका छन् ।

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - १३:३६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij