२०८२ भाद्र २ गते सोमवार
काठममाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाले ५ करोड नाफामा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले अनुसार ५ करोड ३४ लाख रुपैयाँ नाफा कमाएको छ ।
गत आर्थिक वर्षको तुलनामा ४.६९ गुणा अर्थात् ३६९.३४ प्रतिशत बढी रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ करोड १३ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी पनि ५३.०७ प्रतिशत बढेर २४ करोड ४७ लाख रुपैयाँ कायम भएको छ भने संचालन नाफामा ३६९.३३ प्रतिशत बढेर ७ करोड ६४ लाख १६ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको प्रतिसेयर आम्दानी २२.३ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १२९.४८ रुपैयाँ कायम भएको छ ।
वितरणयोग्य नाफा पनि १ करोड ११ लाख रुपैयाँ कायम भएको छ भने खराब कर्जा पनि सामान्य बढेर ५.३४ प्रतिशत पुगेको छ । कम्पनीको चुक्ता पुँजीमा ३१ करोड ९८ लाख रुपैयाँ रहेको छ । निक्षेप स।कलन १४.९७ प्रतिशत बढेर १अर्ब ३ करोड ९६ लाख रुपैयाँ कायम भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij