Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज


  • 1.2K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज

    काठममाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले बैशाख २१ गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरे भएपनि मागभन्दा बढी आवेदन परेकाले निष्काशन बन्द गरिने भएको छ । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । 

    बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ। त्यमध्ये ६० १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ ।   १ अर्ब रुपैयाँ बराबरको १० लाख कित्ता सर्वसाधारणमा बाँडफाँड गरिनेछ भएको छ ।

    कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट बैंकले अनुमती पाएको छ । ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्ने छन् । अङ्कित मूल्य १ हजार दरको ऋणपत्रमा लगानीकर्ताले कूल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्ने छ । उक्क्त ऋणपत्र आगामी वैशाख १० गते नभए वैशाख २१ गतेसम्म रहने छ ।

    दुई अर्ब ५० करोड बराबरको कूल निष्काशन मध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनको लागि छुट्याइने  बैंकले जानकारी दिएको छ । 

    ४० प्रतिशतले हुने एक अर्ब बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि निष्काशन हुने छ भने ५० हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको र कूल ९ लाख ५० हजार कित्तामा सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था भएको बैंकले जानकारी दिएको छ । 

    प्रकाशित मिति :बैशाख १२ २०८२ शुक्रवार - ११:१०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij