Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

३ विकास बैंकसहित २ फाइनान्स कम्पनी पर्यो नेपाल राष्ट्र बैंकको कारबाहीमा

३ विकास बैंकसहित २ फाइनान्स कम्पनी पर्यो नेपाल राष्ट्र बैंकको कारबाहीमा


  • 1.3K
    Shares

    ३ विकास बैंकसहित २ फाइनान्स कम्पनी पर्यो नेपाल राष्ट्र बैंकको कारबाहीमा

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले ३ विकास बैंकसहित २ फाइनान्स कम्पनीलाई कारबाही गरेको छ। 

    केन्द्रीय बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ती बैंक तथा फाइनान्स कम्पनीका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई कडा निगरानी र कारबाही थालेको छ। मुक्तिनाथ विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक तथा पोखरा फाइनान्स र जानकी फाइनान्स  रहेको छ।

    नारायणी विकास बैंकले तोकिएको न्यूनतम पूँजी, निक्षेप संकलन सीमा, एकल ग्राहक कर्जा सीमा लगायत निर्देशनहरु उल्लंघन गरेपछि तत्काल सुधार गर्न नेपाल राष्ट्र बैंकले आदेश दिइएको छ। 

    मुक्तिनाथ विकास बैंकको अध्यक्ष भरतराज ढकाल भवन निर्माण समितिको संयोजकका रूपमा सहभागी भएको जनाएको छ । राष्ट्र बैंकको निर्देशन विपरीत भएकाले उनलाई सचेत गराइएको हो।

    सालपा विकास बैंकले न्यूनतम चुक्तापुँजी हालसम्म पनि कायम नगरी नियामकीय व्यवस्थाहरु पालना गरेको नपाइएकोले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (२) खण्ड (क) बमोजिम नसिहत दिइएको छ।

    पोखरा फाइनान्सको पूर्व सिइओ रविचन्द्र गुरुङलाई पाँच लाख रुपैयाँ जरिवाना तिराएर पदबाट हटाएको छ। नेपाल राष्ट्र बैंकको निरीक्षण प्रतिवेदन अनुसार पोखरा फाइनान्सले २०८१ माघ १३ देखि २६ गतेसम्मको अवधिमा अनिवार्य मौज्दात रकम कायम गर्न असफल भएको कारण संस्थालाई ४६ हजार ७१८ रुपैयाँ २३ पैसा नगद जरिवाना गरिएको छ। राष्ट्र बैंकको निर्देशनबमोजिम कायम गर्नुपर्ने सर्तसहित संस्थालाई शीघ्र सुधारात्मकसम्बन्धी कारबाहीहरु गरिएको छ।

    जानकी फाइनान्सको पुँजीकोष अनुपात नियामकीय मापदण्डअनुसार नरहेकोले ६ महिनाभित्र राष्ट्र बैंकको निर्देशनबमोजिम कायम गर्नुपर्ने सर्तसहित संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाही गरिएको छ।

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - ११:५१:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij