२०८२ माघ ९ गते शुक्रवार
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अहिलेको सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार नरहेको दाबी गरेको छ ।
समसामयिक विषयवस्तुबारे पार्टीको धारणा सार्वजनिक गर्नका लागि आयोजित पत्रकार सम्मेलनमार्फत् माओवादी केन्द्रले यस्तो बताएको हो ।
‘वर्तमान सरकार प्राविधिक रुपमा त आफ्नो अस्तित्वमा छ । वैधानिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ,’ माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले भनेका छन्, ‘यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको यो सरकारलाई एक दिन पनि सत्तामा रहने नैतिक अधिकार छैन ।’
साथै, सत्ता गठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकता विपरित बनेको आरोप लगाउँदै माओवादी केन्द्रले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न नसकेको बताएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij