Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त


  • 1.5K
    Shares

    एनएमबि बैंकको सीईओमा  गोविन्द घिमिरे नियुक्त

    काठमाडौं । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् । 

    बैंक सञ्चालक समितिको २०८२ वैशाख १० गतेदेखि लागु हुनेगरी घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । उनी अहिले बैंकको डेपुटी सीईओ रहेका छन् । उनको कार्यकाल ४ वर्षको हुनेछ । 

    बैठकले हाल नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेको सुदेश उपाध्यायलाई सिनियर डीसीईओमा बढुवा गरेको छ ।

    दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा सन् २०२१ मा एसियाकै सर्वोत्कृष्ट बैंकको अवार्ड पाएको एनएमबी बैंकसँग हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १३:३२:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij