Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

देउवा बैंकक पुगेपछि ओलीमा बेचैनी ! सरकार संकटमा परेकै हो त ?

देउवा बैंकक पुगेपछि ओलीमा बेचैनी ! सरकार संकटमा परेकै हो त ?


  • 7.9K
    Shares

    देउवा बैंकक पुगेपछि ओलीमा बेचैनी ! सरकार संकटमा परेकै हो त ?
    images

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित आइतबार बैंकक पुगेपछि प्रधानमन्त्री केपी शर्मा ओलीमा बेचैनी बढेको छ । पछिल्लो समय सरकार परिवर्तनको चर्चा चलिरहेको बेलामा देउवा एक्कासी बैंकक पुगेपछि ओलीमा छटपटाहट बढेको हो । 

    यद्यपि, यसको स्वतन्त्र पुष्टि भने हुन नसके पनि राष्ट्रिय राजनीतिमा आएको उतारचढावले देउवाको बैंकक भ्रमणलाई पारिवारिक रुपमा मात्रै लिन नसकिने जानकारहरु बताउँछन् ।

    प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकार यस वर्षभित्र ढल्ने दाबी गरेका थिए । उनले दाबी गरेजस्तै सत्तारुढ कांग्रेस एमालेभित्र पनि तिक्तता बढेको नेताहरुका अभिव्यक्तिबाटै सहजै बुझ्न सकिन्छ ।

    नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा मंगलबार आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कांग्रेस सभापति  देउवा थाइल्याण्डको बैंकक जाँदा पनि सरकार ढल्ने हल्लासँग जोड्न खोजिएको भन्दै असन्तुष्टि जनाएका थिए ।

    कांग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरुममै बिचौलीय सहजै प्रवेश गर्ने गरेको गम्भीर आरोप लगाएका थिए । उनले सरकारको गति सन्तोषजनक नभएको बारम्बार बताउँदै आएका छन् । 

    दुई ठूला दलबीच सत्ता सहकार्य भएको करिब ९ महिनाको अवधिम दरार उत्पन्न हुने आरोप प्रत्यारोप चल्न थालेपछि ओली सरकार संकटमा परेको आँकलन गरिएको छ । अहिले चौतर्फी सरकार विरुद्ध घेराबन्दी समेत भएको छ ।

    राजावादीदेखि विभिन्न पेशाकर्मी सरकार विरुद्ध आन्दोलित भएका छन् । ओली सरकारका लागि आन्तरिक पक्ष निकै प्रतिकूल देखिन्छ भने बाह्य पक्ष पनि अनुकूल नभएको भूराजनीतिका जानकारहरु बताउँछन् ।

    सरकार बनेको यति लामाृे समय बित्दा पनि छिमेकी मुलुक भारतले भ्रमणको निम्तो दिएको छैन । भारत भ्रमणका लागि गरिएका अनेक प्रयत्न ब्यर्थ सावित भएका छन् । यही परिवेशमा देउवा परिवारसहित बैंकक लागेपछि ओली नयाँ समीकरण बनाएर आफूलाई विस्थापित गर्ने हुन् कि भनेर भयभीत भएको स्रोतले जनाएको छ ।

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १२:२९:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij