Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन सकिन्छ ?

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन सकिन्छ ?


  • 1.1K
    Shares

    राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, कहिलेसम्म दिन सकिन्छ ?

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने म्याद थप गरिएको छ। बैंकले वैशाख ७ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको ऋणपत्रमा अब वैशाख २१ गतेसम्म आवेदन दिन सकिने भएको छ।

     बैंकले २ अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने राखेको छ । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । 

    कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट बैंकले अनुमती पाएको छ । ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्ने छन् । अङ्कित मूल्य १ हजार दरको ऋणपत्रमा लगानीकर्ताले कूल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्ने छ । उक्क्त ऋणपत्र आगामी वैशाख १० गते नभए वैशाख २१ गतेसम्म रहने छ ।

    दुई अर्ब ५० करोड बराबरको कूल निष्काशन मध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनको लागि छुट्याइने  बैंकले जानकारी दिएको छ । 

    ४० प्रतिशतले हुने एक अर्ब बराबरको १० लाख कित्ता सर्वसाधारणका लागि निष्काशन हुने छ भने ५० हजार कित्ता सामूहिक लगानी कोषको लागि छुट्याइएको र कूल ९ लाख ५० हजार कित्तामा सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था भएको बैंकले जानकारी दिएको छ । 

     

    प्रकाशित मिति :बैशाख १० २०८२ बुधवार - १०:०४:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij