२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ५८ करोड रुपैयाँ लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले सोमबार एक सूचना जारी गर्दै पेन्सन कोषमा रहेको ५८ करोड वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जानकारी दिएको छ ।
राष्ट्र बैंकले विकास बैंकमा ८ करोड ७० लाख, वित्त कम्पनीमा २ करोड ९० लाख र वाणिज्य बैंकमा ४६ करोड ४० लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकका अनुसार ‘क’ वर्गको वाणिज्य बैंक, ‘ख’ वर्गको राष्ट्रिय स्तरका विकास बैंक र ‘ग’ वर्गको राष्ट्रिय स्तरको वित्त कम्पनीमा ५८ करोड मुद्दती निक्षेपमा लगानी भएको हो ।
राष्ट्र बैंकका अनुसार १६ वैशाख २०८२ देखि २०८३ वैशाख १६ सम्म ३ सय ६६ दिनको मुद्दती निक्षेपमा उक्त रकम लगानी गर्न लागिएको छ । उक्त रकम लिन चाहाने बैंक तथा वित्तीय संस्थाले वैशाख ११ गते १० बजेदेखि दिउँसो १ः३० बजेभित्र आवेदन दिनु पर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij