२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीयको संस्थापक शेयर बिक्रीमा राखिएको छ। कम्पनिले ८४ हजार कित्ता शेयर बिक्रीमा राखिएको हो।
उक्त शेयर हाललाई संस्थापक शेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखीएको छ । शेयर खरिदको लागि इच्छुक शेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनु पर्ने कम्पनिले जानकारी दिएको छ। शेयरधनीहरुले आवेदन मोरङको कटहरी–२ स्थित संस्थाको केन्द्रीय कार्यालयमा दिनु पर्ने छ।
तोकिएको समयसीमाभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनिले जानकारी दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij