Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

माओवादीमा नन्दबहादुर पुनको वरीयता कति ?

माओवादीमा नन्दबहादुर पुनको वरीयता कति ?


  • 2.9K
    Shares

    माओवादीमा नन्दबहादुर पुनको वरीयता कति ?
    images

    काठमाडौं। २०७२ कात्तिक १३ गते पहिलोपटक उपराष्ट्रपति भएका  नन्दबहादुर पुन पासाङ २०७४ मा फेरि दोहोरिएका थिए। २०७९ चैत ६ गते उपराष्ट्रपतिको कार्यकाल सकिएको २२ महिनापछि गत पुसदेखि माओवादीको पदाधिकारी बैठकमा सहभागी हुन थाले। उनलाई उपाध्यक्षकै हैसियत दिइएको थियो। 

    यद्यपि, चैत २४ गते मात्रै औपचारिक निर्णय गर्दै तल्ला कमिटीलाई परिपत्र पठाएको थियो। पुन थपिएसँगै माओवादीमा वरिष्ठसहित पाँच उपाध्यक्ष भएका छन्। यो पनि विधान अनुकूल भने होइन। किनकि, माओवादी विधानमा वरिष्ठसहित ४ उपाध्यक्ष रहने प्रावधान छ। 

    आगामी असारमा केन्द्रीय समितिलाई आयोजक कमिटीमा रूपान्तरण गर्ने निर्णय भइसकेको छ। त्यसो हुँदा अध्यक्षबाहेक सबै नेताको हैसियत आयोजक समिति सदस्य हुनेछ।

    माओवादीको आधिकारिक वेबसाइट अनुसार पहिलो नम्बरमा प्रचण्ड छन्। त्यसपछि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नाम छ। तेस्रो नम्बरमा उपाध्यक्ष महराको नाम छ, चौथो नम्बरमा उपाध्यक्ष सापकोटा छन् र पाँचौँ नम्बरको उपाध्यक्षमा भुसाल छिन्।

    पुसयता बसेको माओवादीको पदाधिकारी बैठकलाई मात्र हेर्ने हो भने पनि मञ्चमा महरापछि पुन बसेका देखिन्छन्। प्रचण्ड निवास खुमलटारमा बसेको बैठकमा पनि महरा लगत्तै पुन बसेको तस्बिर देखिन्छ। चैत १८ र १९ गते बसेको पदाधिकारी बैठकमा पनि पुन महरापछि बसे। 

    एक पदाधिकारीले पनि महरापछिको वरीयतामा पुन नै रहने बताए। यद्यपि, औपचारिक निर्णय नगरिएको उनी बताउँछन्। 

    प्रकाशित मिति :बैशाख ५ २०८२ शुक्रवार - २०:४५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij