Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

रास्वपाको महाधिवेशन सर्‍यो, तोकियो नयाँ मिति

रास्वपाको महाधिवेशन सर्‍यो, तोकियो नयाँ मिति


  • 2.2K
    Shares

    रास्वपाको महाधिवेशन सर्‍यो, तोकियो नयाँ मिति
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन सार्ने निर्णय गरेको छ।   बिहीबार पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्दीय समिति बैठकले महाधिवेशन सार्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए। 

    बैठकले २०८२ असोजसम्ममा वडा अधिवेशन, कात्तिकसम्ममा पालिका अधिवेशन, मङ्सिरसम्ममा जिल्ला अधिवेशन, माघ १५ सम्ममा प्रदेश अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको छ। 

    त्यस्तै २०८२ फागुन ७, ८ र ९ गते चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने सर्वसम्मतले निर्णय गरेको झाको भनाइ छ। यसअघि केन्द्रीय अधिवेशन यही वैशाख २५, २६ र २७ गते महाधिवेशनको मिति तोकिएको थियो।  

    हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको १९७५ वडा समिति गठन भइसकेको र त्यसमध्ये ७०० वटा वडामा अधिवेशन सम्पन्न भइसकेको छ। ७५३ पालिकामध्ये ४५८ वटा पालिकामा समिति गठन भइसकेको छ। ७० वटा जिल्लामा भेला आयोजना भएर समिति गठन भइसकेको छ। सातवटै प्रदेशमा समिति गठन भएको छ।

    रास्वपाका सभापति रवि लामिछाने भने सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला कारागारको थुनामा छन्।  

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - १७:३९:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij