Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

बिस्का जात्रा

जिब्रो छेड्ने जात्रामा सुजनले छेडे तेस्रोपटक आफ्नो जिब्रो

जिब्रो छेड्ने जात्रामा सुजनले छेडे तेस्रोपटक आफ्नो जिब्रो


  • 1.9K
    Shares

    जिब्रो छेड्ने जात्रामा सुजनले छेडे तेस्रोपटक आफ्नो जिब्रो
    images

    काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थित बोडेमा जिब्रो छेड्ने जात्रा मनाइएको छ ।

    जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले तेस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिए । नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० इन्च लामो सुइरोले पाँचो गणेशको प्रांगणमा रहेको पाटीस्थीत मञ्चमा सुजन बागको जिब्रो छेडिएको हो ।

    चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर जिब्रो छेड्ने चलन छ । जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्वीप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।

    दैवी शक्तिलाई आधार मानेर प्राचीनकालदेखि नै मनाइँदै आएको बोडेको सिङ्गो ऐतिहासिक, धार्मिक र संस्कृतिसँग सम्बन्धित यो जात्रा नीलबराही देवगणसँग सम्बन्धित रहेको छ ।

    किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भुतप्रेत, पिसाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिसाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको किम्वदन्ती रहेको छ ।

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १५:१२:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij