Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

पोखरा बिमानस्थलको सदुपयोगमा उदासिनता !

पोखरा बिमानस्थलको सदुपयोगमा उदासिनता !


  • 3.4K
    Shares

    पोखरा बिमानस्थलको सदुपयोगमा उदासिनता !
    images
    नेपाल सुन्दर र मनमोहक पर्यटकीय गन्तब्यस्थल भएको मुलुक हो । बिभिन्न पर्यटकहरु मध्य ट्रेकिङ र हाइकिङ गर्ने उद्दश्यले नेपाल आउने पर्यटकहरुको संख्या उल्लेख्य रहने गरेको छ । अझ साहसी पर्यटकहरु नितान्त एडभेञ्चरको लािग माउण्टिनियरिङ अर्थात हिमाल आरोहणको लागि नेपाल आउने गरेका छन् ।
     
    धार्मिक पर्यटन नेपालको अर्काे अत्यन्त आकर्षणको बिषय हो । नेपालको भूमी भएर मित्रराष्ट्र चीनको मानसरोवर जाने हिन्दु पर्यटकको लागि नेपाल अत्यन्तै आकर्षणको केन्द्रकोरुपमा रहेको छ । संसारभरका हिन्दुहरुका आराध्यदेव पशुपतिनाथ, मुक्तिनाथ जस्ता धाम नेपालमा रहेका छन् ।
     
    धार्मिक पर्यटकहरु पशुपति नाथ र मुक्तिनाथको दर्शन गरि  मित्रराष्ट्र चीनको भूभागमा रहेको मानसरोवर कैलाश भ्रमणमा जाने गरेका छन् । जसको लागि पर्यटकहरुको पहिलो रोजाईमा पर्ने पर्यटकीय गन्तब्यस्थल हो पोखरा । जसका कारण पोखरा अन्र्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा आएपछि डोमेष्टिक फ्लाईट बाट यात्रा गर्ने पर्यटकहरुको संख्या दश लाख नाघिसकेको छ ।
     
    संसारभरका बुद्ध धर्मावलम्बीहरुको आस्थाको केन्द्र अर्थात बुद्धको जन्मस्थल लुम्विनी पनि नेपालमा रहेको छ । बौद्ध धर्मावलम्वीहरु बुद्धको जन्मभूमी टेक्ने अभिप्रायले नेपाल आउने गरेका छन् ।  सबै पर्यटकहरुको लागि नेपाल अत्यन्त कौतुहलतापूर्ण पर्यटकीय गन्तब्य बन्ने गरेको छ । यस्तो अबस्थामा पनि हामिले नेपालमा धेरै भन्दा धेरै पर्यटकलाई आमन्त्रण गर्न सकेका छैनौ । 
     
    फरक/फरक प्रकारका पर्यटकहरुको लागि हामिले हाम्रा पर्यटन क्षेत्रको बारेमा उचित प्रचार प्रशार गर्न सक्ने हो भने नेपालमा बर्षेनीकरोडौंको संख्यामा पर्यटकहरुको आगमन हुने निश्चित छ । पर्यटकहरुको आगमनलाई मध्यनजर गरेर हेर्ने हो भने पर्यटकहरुको लागि बिभिन्न प्रकारका पूर्वाधारको निर्माण अत्यन्त जरुरी भैसकेको छ ।
     
    आखिर पर्यटकीय पूर्वाधारहरु के के हुन त ? भनेर हामिले बिचार ग¥यौं भनेधेरै  लामो सूची तयार गर्न सकिन्छ । तर, पर्यटकीय पूर्वाधारको आधारभूत  कुरा गर्ने हो भने पर्यटकहरुलाई आतिथ्यता प्रदान गर्नको लागि जसरी राम्रा होटलहरुको आवश्यकता पर्दछ । त्यसरी नै बिभिन्न प्रकारका पर्यटकहरुलाई नेपाल ल्याउनको लागिनेपालका बिभिन्न भूभागहरुमा घुमाउनको लागि र नेपालबाट सहज, सुलभ र आरामदायी ढंगले फिर्ता पठाउन अन्र्तराष्ट्रिय÷ राष्ट्रिय बिमानस्थलको साथै सडक यातायातको आवश्यकता पर्ने गर्दछ । 
     
    यी पर्यटन ब्यवशायको प्रवद्र्धन र उन्नति एवँ प्रगतिकोलागि अपरिहार्य पूर्वाधारहरु हुन । जुन नेपालमा अहिले सम्म पनि पर्याप्त छैनन् । सडक सञ्जालले नेपाललाई पूर्णरुपमा नजोडेको अबस्थामा हवाई मार्गबाट पर्यटकरुलाई गन्तब्यमा पु¥याउने अर्काे उपाए हो । जसको लागि नेपालभर धेरैवटा  अन्र्तराष्ट्रिय बिमानस्थलहरुको आवश्यकता पर्दछ ।
     
    के अहिले हामि संग पर्याप्त बिमानस्थलहरु छन त ? बिल्कूलै छैनन् । नेपालको पहिलो बिमानस्थलकोरुपमा रहेको त्रिभूवन बिमानस्थल सन १९४९ मा गौचरन अर्थात गाई चर्ने ठाउँकोरुपमा चिनिएको थियो । जुन ठाउँलाई बिमानस्थल बनाएर हवाई सेवा शुरु गरिएको थियो । अहिलेगौचरन बिमानस्थल पछि गएर त्रिभूवन अन्र्तराष्ट्रिय बिमानस्थलकोरुपमाचर्चित छ । यो नेपालको सबैभन्दा पुरानो बिमानस्थल हो । 
     
    सन १९४९ मा बिमानस्थलकोरुपमा हवाई यातायात शुरु भएको भएपनि अहिले सम्म नेपालमा केवल जम्मा ३४ वटा मात्र बिमानस्थल निर्माण भएका छन । जसमध्य केवल ३ वटा मात्र अन्र्तराष्ट्रिय बिमानस्थल रहेका छन् । यति धेरै पर्यटकीय संभावना बोकेको मुलुक भएपनि अहिले सम्म पर्यटकीय पूर्वाधार नभएकै कारणले नेपालले ठूलो संख्यामा पर्यटकहरुलाई नेपालमा ल्याउन सकेको छैन । 
     
    अन्र्तराष्ट्रिय बिमानस्थलकोरुपमा रहेका तीनवटा बिमानस्थल मध्ये भैरहवा र पोखरा बिमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन सकेका छैनन् । भैरहवामा रहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय बिमानस्थल एअर रुटको असहजताको कारण राम्रो गरी सञ्चालनमा आउन सकेको छैन् । त्यसरी नै पोखरा बिमानस्थलको समेत संचालनमा समेतबिभिन्न प्रकारका अबरोध हुने गरेका छन् । 
     
    अहिले पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय बिमानस्थल बारेमा बिभिन्न तर्क बितर्कहरु गर्दै बिवादस्पद बनाउने कोशिस गरिएको छ । जसले गर्दा पर्यटकीय गन्तब्यमा रहेको पोखरा अन्र्तराष्ट्रिय बिमानस्थल नमुना पर्यटकीय पूर्वाधार भएपनि उचित सदुपयोग हुन सकेको छैन् ।
     
    पोखरा बिमानस्थल करिव ३७०० रोपनी क्षेत्रफलमा मित्र राष्ट्र चीनको सि.एम.सि. कम्पनीले निर्माण सम्पन्न गरेको हो । पोखरा बिमानस्थल आफैमा महत्वपूर्ण पर्यटकीय पूर्वाधार मध्यको एक हो । नेपालको पर्यटकीय शहर पोखरामा वरीपरीको दृश्यावलोकन गर्न बाह्य मुलुकहरुबाट मात्र होइन, आन्तरिक पर्यटकहरु समेत ठूलो संख्यामा आउने गरेका छन् ।
     
    त्यसरी नै पोखरा बिमानस्थलले जोमसोम अर्थात मुक्तिनाथ सम्म करिव दशलाख पर्यटकहरुलाई बार्षिकरुपमा सेवा दिने उद्देश्य राखेको छ । पोखरा बाट हुने अन्नपूर्ण बेश क्याम्प अर्थात एविसी नामले चिनिएको ट्रेकिङ रुट सबैभन्दा लामो र एडभेन्चरकोरुपमा रहेको छ । थोरङलापास जस्तो हिमाललाई स्पर्श गर्दै हिडिने ट्रेकिङ रुट भएको हुनाले पनि पोखरा आउनको लागि पोखरा बिमानस्थल अत्यन्त महत्वपूर्ण रहेको छ । तर सरकारले यस बिमानस्थलको प्रयोगमा उचित ध्यान दिन सकेको छैन् ।
     
    अन्र्तराष्टिय बिमानस्थल निर्माणको लागि करिव २२ अरव रुपैयाँको लागतमा २५ सय मि.को रनवे, दशहजार बर्गमिटरको टर्मिनल भवन निर्माण सम्झौता भएको थियो । पोखरा बिमानस्थलमा वोइङ ७५७ र एअरबस २१९ मोडलका न्यारोबडी ल्याण्ड गर्न मिल्ने गरी सम्झौता भएअनुसार निर्माण सम्पन्न भै १ जनवरी २०२३ बाट शुरुवात भैसकेको छ ।
     
    तर, अहिले पनि बिभिन्न कोण बाट पोखरा बिमानस्थलको बिरोध र अबरोध भैरहेका छन् । जसले गर्दा पोखरा बिमानस्थल पूर्णरुपमा संचालनमा आउन सकेको छैन् । मित्र राष्ट्र चीनको पहलमा सिचुवान एअरलाईन्सको बिमान हप्तामा एउटा उडान चीनको छेन्दुको लागि उडान भईरहेको छ भने अर्काे नेपालको हिमालयन एअरलाईन्सले हप्तामा एकपटक मित्रराष्ट्र चीनको तिब्बतको ल्हासा सम्म उडान भर्न थालेको छ ।
     
    यद्येपि सरकारले बिभिन्न प्रकारका कर छुटको ब्यवस्था गर्दै बिमानस्थललाई पूर्णरुपमा सञ्चालनको पहल गरेको भएपनि ठोस र प्रभावकारी पहल गर्न सकेको छैन्  । अहिलेपनि दुईवटा उडान मित्र राष्ट्र चीन बाहेक अन्य मुलुकहरु अर्थात छिमेकी राष्ट्र भारत, अरवियन मुलुकहरु तथा युरोप लगायतका मुलुकहरुमा पोखराबाट उडान हुन सकेका छैनन् ।
     
    बिमानस्थलको बारेमा चीनको सहयोगलाई ऋण महँगो भएको जस्ता बिषयलाई उचाल्दै मित्र राष्ट्र संगको सुमधुर सम्बन्धलाई धमिल्याउने प्रयास बिभिन्न कोण बाट भैरहेका छन् । जुन नेपाल–चीनको सम्बन्धलाई दिर्घकालिनरुपमा कदापि राम्रो गर्दैन् । 
    जहाँ सम्म ऋण सहयोगमा निर्माण हवाई यातायातको पूर्वाधारको बिषय छ, त्यसको प्रयोग नेपालले भरपुर गर्न सक्नुपर्दछ ।
     
    अहिले मित्र राष्ट्र चीनको ऋण सहयोगमा भएको बिमानस्थल निर्माणमा आभारी बन्न सक्नुपर्दछ । साथसाथै नेपाल सरकारले कू्रटनीतिक सम्बन्धलाई  विश्वसनिय बनाउने प्रयत्न गनुपर्छ । यदि दुई देशको बीचको सम्बन्ध सुमधुर र विश्वासिलो भएमा चीन जस्तो विश्वकै  शक्ति सम्पन्न राष्ट्रको साथै विश्वकै बिकसित राष्ट्रको लागि त्यति सानो ऋण रकमलाई अनुदानमा परिणत गर्न कुनै अप्ठ्यारो पर्ने देखिदैन् । 
     
    कुटनीतिको माध्यम विश्वास आर्जन गर्नुको सट्टा ऋणलाई अनुदानमा बदल्नुपर्छ भन्ने प्रकारको एकोहोरो दबाव दिनु र माग गर्नुलाई अवश्यपनि कूटनीतिक मर्यादायुक्त कार्य हो भन्न सकिदैन । सहयोग लिने र कृतज्ञता ब्यक्त गर्न समेत कन्जुस्याई गर्ने कार्यले भोलिका दिनमा अरु ठूला सहयोग आउने संभावनाहरु क्षीण बन्दै जान्छन । 
     
     मित्रराष्ट्र चीनले  नेपालमा निर्माण गरिदिएको पूर्वाधार बिकासको कार्य यो पहिलो पटक अवश्य होइन् । बिगतछ दशक देखि चीनले नेपालको बिकासमा अनवरत सहयोग गर्दै आइरहेको छ । नेपालको बिकासको लागि चीनले कोदारी राजमार्गको निर्माणको बिषय होस या नेपालमा बाँसवारी छाला जुत्ता कारखाना चिनिया सहयोग निर्माण भएका पूर्वाधारहरु हुन ।
     
    त्यसैगरी हेटौडा कपडा उद्योग, हरिसिद्ध इटाटायल कारखाना, भृकुटी कारखाना, लुम्वीनी सुगर मिल, काठमाडौ देखि भक्तपुरको सूर्य बिनायक सम्म ट्रलि सेवा जस्ता नेपालमा उद्योग र यातायात क्षेत्रको  बिकासमा चीनले सहयोग गरी नेपालमा बिकासका पूर्वाधार निर्माणमा महत्पूर्ण सहयोग गर्दै आएको छ ।
     
    चिनिया सहयोगमा कोटेश्वर – कलंकी चक्रपथ सडक निर्माण भै २०७५ मा नेपाल सरकारलाई हस्तान्तरण भैसकेको छ । पछिल्लो समयमा  चीनको एक्जीम बैंकको ऋण सहयोगमा पोखराको बिमानस्थल निर्माण भैसकेको छ । यस्तो अबस्थामा  मित्र राष्ट्रको सहयोगलाई अनुगृहित भई सहयोगलाई स्वीकार गर्दै बिश्वास आर्जन गर्नुको साटो सहयोगलाई समेत आभार ब्यक्त नगर्नुले भविष्यमा ठूलो सहयोग लिने बाटोमा अबरोध हुन सक्छ । 
     
    अहिले चीनले गरेको सहयोगलाई ऋणको ब्याज महंगो भयो जस्ता बिरोधको बहाना बनाई चिनीया सहयोगलाई निरुत्साहित र निषेध गर्न खोज्नुले  नेपाल जस्तो मित्र राष्ट्रको सहयोग लिएर पूर्वाधार बिकास गर्नु पर्ने देशको लागि कदापि राम्रो हुँदैन । सम्बन्धित पक्ष जिम्मेवार बनोस । 
     

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १६:४१:५५ बजे
    प्रतिक्रिया

    कृष्ण सेढाई

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij