Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘अमेरिका जानुअघि सोच्नु’ भन्दै चीनले जारी गर्‍यो एड्भाइजरी

‘अमेरिका जानुअघि सोच्नु’ भन्दै चीनले जारी गर्‍यो एड्भाइजरी


  • 1.1K
    Shares

    ‘अमेरिका जानुअघि सोच्नु’ भन्दै चीनले जारी गर्‍यो एड्भाइजरी
    images

    काठमाडौं । अमेरिकासँग बढ्दो व्यापार युद्धका बिचमा चीनले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा नगर्न चेतावनी दिएको छ । चीनको संस्कृति तथा पर्यटन मन्त्रालयले एड्भाइजरी जारी गरेको हो । 

    यसमा, मन्त्रालयले आफ्ना नागरिकहरूलाई अमेरिका यात्रा गर्नु अघि सावधानीपूर्वक यात्रा गर्नु,  जोखिमहरूको पूर्ण मूल्याङ्कन गर्न र सोचविचार गरेर यात्रा गर्न भनिएको छ ।

    यसमा चीन–अमेरिकाबिच आर्थिक तथा व्यापारिक सम्बन्धमा आएको तिक्तता र अमेरिकाको घरेलु सुरक्षा अवस्थालाई उद्धृत गरिएको छ । यसैबिच, चीनको शिक्षा मन्त्रालयले छुट्टै चेतावनी जारी गरेको छ । 

    यसमा, विद्यार्थीहरूलाई अमेरिकामा अध्ययन गर्ने निर्णय गर्नु अघि सुरक्षा जोखिमको मूल्याङ्कन गर्न भनिएको छ । पछिल्लो समय चीन र अमेरिकाबिच व्यापार युद्ध भड्किएको छ ।

    जस्तालाई त्यस्तै व्यवहार गर्दै शृङ्खलाबद्ध रूपमा एक अर्काको देशबाट आउने सामानमा अतिरिक्त भन्सार महसुल लगाउने नीतिका कारण दुवै देश व्यापार युद्धमा होमिएका छन् । 

    अमेरिकाले चिनियाँ सामानमा भन्सार महसुल बढाएपछि चीनले अमेरिकी सामानमा भन्सार महसुल बढाएर ८४ प्रतिशतमा पुर्‍याउने निर्णय गरेको थियो ।

    यसको प्रतिकारमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानहरूमाथिको अतिरिक्त भन्सार महसुल बढाएर १२५ प्रतिशतमा पुर्‍याएका छन् । 

    प्रकाशित मिति :चैत्र २८ २०८१ बिहिवार - १०:४३:५३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij