Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राष्ट्र बैंकको रिपोर्ट

लयमा फर्किँदै अर्थतन्त्र, राष्ट्र बैंकले सार्वजनिक गर्यो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

लयमा फर्किँदै अर्थतन्त्र, राष्ट्र बैंकले सार्वजनिक गर्यो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)


  • 1.5K
    Shares

    • images
    लयमा फर्किँदै अर्थतन्त्र, राष्ट्र बैंकले सार्वजनिक गर्यो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठ)

    काठमाडौं । देशको अर्थतन्त्र लयमा फर्किएको संकेत देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति तथ्यांकले देशको अर्थतन्त्र सकारात्मक दिशामा अगाडि बढिरहेको देखिएको हो । तथ्यांकअनुसार अधिकांश वित्तीय सूचकहरु सकारात्मक छन् । 

    चालु आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्मको तथ्यांकअनुसार देशमा महँगी पनि घट्दै गइरहेको देखिन्छ भने विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स तथा आयात निर्यातको बढ्दो ग्राफले पनि देशको अर्थतन्त्र चलायमान भएको बुझ्न सकिन्छ ।  

    वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.७५ प्रतिशत रहेको छ । यसैगरी, आयात ११.२ प्रतिशतले र निर्यात ५७.२ प्रतिशतले बढेको छ ।

    यसैगरी, विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ९.४ प्रतिशतले र अमेरिकी डलरमा ६.९ प्रतिशतल ेबढेको छ । शोधनान्तर स्थिति ३१० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ ।

    कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १७ अर्ब २७ करोड पुगेको छ । नेपाल सरकारको खर्च ८३९ अर्ब ३६ करोड रुपैयाँ र राजस्व परिचालन ७२० अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।

    समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत, तराईको ३.७७ प्रतिशत, पहाडको ३.७२ प्रतिशत र हिमालको ४.७७ प्रतिशत रहेको छ ।

     

     

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - १६:५८:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij