Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

सुर्यज्योति लाइफको डिजिटल कार्ड र ई–कर्जा सेवा शुभारम्भ

सुर्यज्योति लाइफको डिजिटल कार्ड र ई–कर्जा सेवा शुभारम्भ


  • 1.1K
    Shares

    सुर्यज्योति लाइफको डिजिटल कार्ड र ई–कर्जा सेवा शुभारम्भ

     काठमाडौं । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पहिलो पटक सुर्यज्योति केयर्स डिजिटल कार्ड र सुर्यज्योति ई–कर्जा सेवा शुभारम्भ गरेको छ।

    कम्पनीको अनुसार, तेस्रो किस्ता तिरिसकेको र तीन वर्ष पुरा भएको बिमितले ई–कर्जा सेवा मार्फत ५०,००० रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्ने छन् र कम्पनीले बीमितको बैंक खातामा कर्जा रकम केही दिन भित्र जम्मा गर्ने जानकारी दिएको छ।   

    कम्पनीले सुर्यज्योति केयर्स डिजिटल कार्ड विशेषगरी बिमीत र अभिकर्ताहरूको लागि ल्याइएको हो, जसलाई पाँच लाख रुपैयाँभन्दा बढी पोलिसी खरिद गरेको  बिमितहरूले प्रयोग गर्न सक्ने छन् भने कार्डको प्रयोगमा शुल्क ५० रुपैयाँ तोकिएको छ।

    सुर्यज्योति केयर्स डिजिटल कार्ड प्रयोगकर्ताहरूलाई अल्का अस्पतालमा क्युआर कोडमार्फत भुक्तानी गर्दा विभिन्न छुटहरू उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ। 

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - १३:११:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij