Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राप्रपा प्रदर्शन

बल्खु चोकमा राप्रपा कार्यकर्ताको शक्ति प्रदर्शन

बल्खु चोकमा राप्रपा कार्यकर्ताको शक्ति प्रदर्शन


  • 1.7K
    Shares

    बल्खु चोकमा राप्रपा कार्यकर्ताको शक्ति प्रदर्शन
    images

    काठमाडौं । राप्रपाका नेता कार्यकर्ताहरू आमसभास्थल बल्खुमा भेला हुन थालेका छन् । सो पार्टीलाई बागमती प्रदेशस्तरीय सभाका लागि प्रशासनले बल्खु स्थान तोकेपछि कलंकी, कालिमाटी, कीर्तिपुर र आसपासबाट राप्रपाका नेता कार्यकर्ता बल्खु पुग्न थालेका हुन् । 

    बल्खु चोकमा आयोजना गरिएको आमसभामालाई अध्यक्ष राजेन्द्र लिङ्देन लगायत शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रवक्ता मोहनकुमार श्रेष्ठले जनकारी दिए । 

    दिउँसो १२ बजेबाट आमसभा सुरु हुने भएकाले साढे ११ बजेसम्म कार्यक्रमस्थल पुगिसक्न राप्रपाले अपिल गरेको थियो । 

    प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठ हुन नदिन राप्रपाले आफ्ना स्वयंसेवकहरू परिचालन गरेको जनाएको छ । राजसंस्था पुनर्स्थापना र हिन्दुराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको सो पार्टीले अवस्था बदल्न व्यवस्था बदल्नुपर्ने बताउँदै आएको छ । 

    यसअघि फागुन १५ मा राजवादीहरूले गरेको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाले आफ्नै नेतृत्वमा अभियान अगाडि बढाउने निर्णय गरेको थियो । आजको प्रदर्शनलाई मध्यनजर गर्दै प्रशासनले सुरक्षा रणनीति सोही अनुसार बनाएको छ ।

     

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - १२:०२:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij