Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

राजनीति

बल्खुमा राप्रपाको आमसभा, लिङदेन लगायतका नेताहरूले सम्बोधन गर्ने

बल्खुमा राप्रपाको आमसभा, लिङदेन लगायतका नेताहरूले सम्बोधन गर्ने


  • 1.5K
    Shares

    बल्खुमा राप्रपाको आमसभा, लिङदेन लगायतका नेताहरूले सम्बोधन गर्ने
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज बल्खुमा आमसभाको आयोजना गर्दैछ ।

    बल्खु चोकमा हुने आमसभामालाई अध्यक्ष राजेन्द्र लिङदेन लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बिहान साढे ११ बजेबाट हुने आमसभामा सहभागिताका लागि राप्रपाले सबैलाई आह्वान गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले बताए ।

    बागमती प्रदेशस्तरीय बृहत् प्रदर्शन तथा आमसभामा हुनसक्ने सम्भावित घुसपैठका लागि राप्रपाले आफ्नो संयन्त्र र स्वयंसेवक परिचालन गर्ने जनाएको छ ।

    राजसंस्था पुनर्स्थापना र हिन्दूराज्यका पक्षमा राप्रपाले प्रदर्शन गर्दै आएको छ । यसअघि दुर्गा प्रसाईंले नेतृत्व गरेको तीनकुनेको राजवादी समर्थकको प्रदर्शन हिंसात्मक बनेपछि राप्रपाले आफ्नै नेतृत्वमा अभियान अगाडि बढाउने निर्णय गरेको हो ।

     

    प्रकाशित मिति :चैत्र २६ २०८१ मंगलवार - १०:२३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij