२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकमा कायम मुकायम गभर्नर निलम ढुङ्गाना तिम्सिनालाई तोकेको छ ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि मन्त्रालयले वरिष्ठ डेपुटी गभर्नरमा तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तिम्सिनालाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको मन्त्रालयले जानकारी दिएको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij