Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

हुनेवाला पतिसँग घुम्न गएकी युवतीको मृत्यु, परिवार शोकमा

हुनेवाला पतिसँग घुम्न गएकी युवतीको मृत्यु, परिवार शोकमा


  • 2.5K
    Shares

    हुनेवाला पतिसँग घुम्न गएकी युवतीको मृत्यु, परिवार शोकमा
    images

    काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीमा हुनेवाला पतिसँग घुम्न गएकी एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा २४ वर्षीय प्रियंका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    दिल्लीको चाणक्यपुरी निवासी प्रियंका आफ्नो हुनेवाला पति निखिलसँग गत बिहीबार घुम्न गएकी थिइन् । ‘इङ्गेजमेन्ट’ गरिसकेका उनीहरूको विवाह चाँडै नै हुने निधो भएको थियो ।

    कापसहेडास्थित ‘फन एन्ड फुड भिलेज’ मा प्रियंका र निखिल ‘रोलर कोस्टर’मा चढेका थिए । यस क्रममा ‘रोलर कोस्टर’को एउटा ‘स्ट्यान्ड’ भाँचिएको थियो ।

    प्रियंका ‘रोलर कोस्टर’बाट तल खसिन् । गम्भीर घाइते अवस्थाकी उनलाई निखिलले नजिकैको अस्पतालमा उपचारका लागि लगेका थिए । नाक र कानबाट रक्तश्राव भएको अवस्थामा अस्पताल लगिएकी उनलाई चिकित्सकले मृत घोषित गरे ।

    निखिलले पार्क व्यवस्थापनको लापर्बाहीका कारण प्रियंकाले ज्यान गुमाउनु परेको भन्दै प्रहरीमा उजुरी दिएका छन् । शव परीक्षणपछि प्रियंकाको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।   

    प्रकाशित मिति :चैत्र २५ २०८१ सोमवार - ११:५४:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij