Logo

२०८३ श्रावण ३० गते शनिवार

२०८३ श्रावण ३० गते शनिवार

बेलायतले वर्क परमिट लाइसेन्स खारेज गरेपछि नेपाली कामदार जोखिममा

बेलायतले वर्क परमिट लाइसेन्स खारेज गरेपछि नेपाली कामदार जोखिममा


  • 575
    Shares

    बेलायतले वर्क परमिट लाइसेन्स खारेज गरेपछि नेपाली कामदार जोखिममा
    images

    लन्डन । सन् २०२१ मा बेलायती विश्वविद्यालय योर्क सेन्ट जोन युनिभर्सिटीबाट एमबीए उत्तिर्ण गरेपछि मेलिसा थापा (नाम परिवर्तन) ले दुई वर्ष पोष्ट स्टडी वर्क (पिएसडब्लु) भिजा लिएर फुलटाइम काम गरिन् ।

    यो स्किम सकिएपछि उनी कि त नेपाल फर्कनु पर्दथ्यो कि बेलायतमै स्पोन्सर खोजेर वर्क परमिटमा रहनु । फर्किंदा नेपालमा खासै भविष्य नदेखेकी उनले सन् २०२४, ९ जनवरीमा एक भारतीयको रेष्टुरेन्ट ब्याम्बो हाउस लिमिटेडबाट स्पोन्सरसीप पाएर स्किल्ड वर्कर भिजा (वर्क परमिट) लिइन् । थापाले रोजगारदाताको अनुरोधमा आफ्नो भिजा आवेदन दिंदा सोलिसिटरलाई ९ लाख रुपैयां बढी (४,५०० पाउन्ड) भुक्तानी आफैंले गरेकी थिइन् ।

    शुरुमा रोजगारी सम्झौता गर्दा न्यूनतम सीमा अर्थात् प्रतिहप्ता ३७ घण्टा कामका लागि वार्षिक २१ हजार ५०० पाउन्ड दिने उल्लेख थियो । काम गर्दै जांदा मेलिसाले रोजगारीको कुनै पनि लिखित सम्झौता पाइनन् । भिजामा उल्लेख गरिएको समयभन्दा बढी अर्थात् प्रतिहप्ता ४२ घण्टा काम गर्न लगाइन्थ्यो । काम गरेको घण्टा जतिसुकै भए पनि उनलाई प्रति हप्ता ४०० पाउन्ड मात्र भुक्तानी गरिन्थ्यो ।

    उनले आफ्नो रोजगारीको अधिकांश समय पे स्लिप (तलब विवरण) नै पाइनन् । उनले मे, जुन र जुलाई २०२४ को मात्र पे स्लिप पाइन् जसमा ’नेस्ट पेन्सन योगदान’ भनी रकम कटौती गरिएको देखाइएको थियो । पछि उनले नेस्टसँग सम्पर्क गर्दा उनलाई उनीहरूको पेन्सन योजनामा ​​कहिल्यै पनि आबद्ध नगरिएको जानकारी दिइयो ।

    ९ जनवरी २०२४ देखि २८ मार्च २०२६ सम्म करिब २६ महिनामा उनले कुनै पनि पेड होलिडे पाइनन् । चरम आर्थिक तथा मानसिक शोषण र काम गर्ने उचित वातावरण नभएपछि मेलिसा अहिले बेलायती श्रम अदालत पुगेकी छिन् ।

    ‘बेलायत जस्तो ठाउँमा समेत शोषित भएपछि म अदालत पुगेकी हुँ’, उनले अनलाइनखबरसँग भनिन्, ‘म नेपाल फर्कन परेपनि आफ्नो अधिकारका लागि अन्तिमसम्म लडिरहने छु ।’ विगत ४ महिनादेखि जागिरविहीन हुँदा दिनचर्या कष्टकर बनेको उनले सुनाइन् ।

    विद्यार्थी भन्दा स्किल्ड वर्कर भिजा सुरक्षित ठानेर धेरै नेपाली विद्यार्थीले पढाइ सकिएपछि रोजगारदातालाई हजारौं पाउण्ड खर्चेर रुट परिवर्तन गरेका छन् । तर, नियति मेलिसाकै जस्तो छ ।

    images
    प्रकाशित मिति :श्रावण ३० २०८३ शनिवार - ०५:४७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij