Logo

२०८२ मंसिर ११ गते बिहिवार

२०८२ मंसिर ११ गते बिहिवार

विश्व हिन्दू परिषद नेपालद्वारा गुरु नानक देवजीको ५५१ औं जयन्ती सम्पन्न

विश्व हिन्दू परिषद नेपालद्वारा गुरु नानक देवजीको ५५१ औं जयन्ती सम्पन्न


  • 9.0K
    Shares

    विश्व हिन्दू परिषद नेपालद्वारा गुरु नानक देवजीको ५५१ औं जयन्ती सम्पन्न
    images

    काठमाडौं ।  विश्व हिन्दू परिषद नेपालको आयोजनामा गुरु नानक देवजीको ५५१ औं जयंती मनाइएको छ । हिजो सप्तरी लगायतका विभिन्न जिल्लाहरुमा परिषदका स्थानीय कार्यकर्ताहरुले  कार्यक्रम आयोजना गरेका थिए ।

    विश्व हिन्दू परिषद नेपालले प्रत्येक वर्ष गुरु नानक देवजीको जयन्तीको अवसरमा देशभर कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाउने गर्छ ।

    ओमकार परिवार भित्र कै सिख धर्म पनि भएको हुनाले परिषदले प्रत्येक वर्ष गुरु नानक देवजीको जयन्ती मनाउने गर्छन । कार्यक्रममा परिषदका वक्ताहरुले गुरु नानक देवजीको जीवनी एवं समाजमा उहाँले पुर्याउनु भएको योगदानबारे प्रकाश पार्नु भएको थियो ।

    विश्व हिन्दू परिषद नेपालले ओमकार परिवार भित्रका बौद्ध, सिख, जैन, किरात आदि पन्थका कार्यक्रमहरु बडो हर्षोल्लासका साथ मनाउने गर्दछन ।

    यस किसिमको कार्यक्रमहरुले सनातन धर्मावलम्बीहरुलाई एकताको सुत्रमा बाध्ने विश्व हिन्दू परिषद नेपालको विश्वास रहेको , परिषदका एक अधिकारीले बताउनुभयो ।

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १३:४०:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij