Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

‘मर्निङ वाक’ मा निस्किएका व्यवसायीमाथि मौरीको हमला, बेहोस भएलगत्तै मृत्यु

‘मर्निङ वाक’ मा निस्किएका व्यवसायीमाथि मौरीको हमला, बेहोस भएलगत्तै मृत्यु


  • 2.5K
    Shares

    ‘मर्निङ वाक’ मा निस्किएका व्यवसायीमाथि मौरीको हमला, बेहोस भएलगत्तै मृत्यु
    images

    काठमाडौं । भारतको उत्तर प्रदेश राज्यस्थित कानपुरमा एउटा अनौठो घटना प्रकाशमा आएको छ । मंगलबार कानपुर क्लब रोडमा ‘मर्निङ वाक’ का क्रममा रवि शंकर अग्रवाललाई मौरीको झुण्डले हमला गरेको थियो ।

    आसपासमा रहेका मानिसहरू मौरीबाट बच्न भागाभाग गरेका थिए । रविशंकर भाग्ने प्रयास गर्दागर्दै लडे । केहीबेर उनले हातखुट्टा चलाइरहेका थिए । लगत्तै उनी बेहोस भए ।

    केही समयपछि उनलाई त्यहाँबाट उद्धार गरी अस्पताल लगिएको थियो । तर चिकित्सकले उनको मृत्यु भइसकेको घोषणा गरे । मौरीकै हमलाबाट उनको मृत्यु भएको हो वा हृदयघात लगायतका कारणबाट भएको हो भन्ने खुल्न सकेको छैन ।

    केन्ट थाना क्षेत्रस्थित पेपर मार्केट निवासी सुधीर अग्रवाल मृतक रवि शंकरका भाइ हुन् । सुधीरका अनुसार उनका दाजुले फलामे तार बनाउने कारोबार गर्दै आएका थिए । रवि शंकर अग्रवाल कैयौँ वर्षदेखि सो क्षेत्रमा ‘मर्निङ वाक’का लागि जाने गर्दथे ।

    प्रकाशित मिति :चैत्र २२ २०८१ शुक्रवार - १२:०३:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij