२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर बिक्रीमा राखेको भएको छ। कम्पनीले १ लाख ९७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी बिक्रीमा राखेको छ। सेयरको न्यूनतम मूल्य ४०० रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ। सेयर खरिद गर्ने सेयरधनीहरूले इच्छुक ३५ दिन भित्र आवेदन दिनु पर्ने छ ।
साथै तोकिएको समयसिमाभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा उक्त सेयर सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जानकारी दिएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij