२०८२ भाद्र ३ गते मंगलवार
काठमाडौँ । नेपालभर पछिल्लो २४ घण्टामा १२८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४८ जनामा कोरोना परीक्षण गर्दा १२८१ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयले पछिल्लो २४ घण्टामा २५५ जना निको भएको पनि जनाएको छ ।
योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या २८५९०० पुगेको छ भने निको हुनेको संख्या २७५५५५ पुगेको छ ।
यही अवधिमा ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।
पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ७ हजार २५४ पुगेको छ । त्यस्तै, आइसीयूमा ४० जना, भेन्टिलेटरमा २४ जना र संस्थागत आइसोलेसनमा १९० जना रहेका छन् ।
काठमाडौँ उपत्यका कोरोना भाइरस संक्रमणको हटस्पट बनेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै ५०५, ललितपुरमा ९७ र भक्तपुरमा ३२ जनामा संक्रमण पुष्टि भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij