२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सिभिल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिलकुमार पोखरेल नियुक्त भएका छन् ।
बैंकका सीईओ गोविन्द गुरुङले राजीनामा दिएपछि बैंक सञ्चालक समितिको वैशाख ५ गते बसेको बैठकले पोखरेललाई कायम मुकायम सीईओ नियुक्त गरेको हो ।
पोखरेल यसअघि सिभिल बैंककै नायाब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) पदमा कार्यरत थिए । २ वर्षअघि डेपुटी सीईओको रुपमा उनी सिभिल बैंकमा प्रवेश गरेका थिए ।
३० वर्ष बैंकिङ क्षेत्रमा काम गरिसकेको अनुभव हासिल गरेका कामु सिइओ पोखरेलले स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर शुरु गरेका थिए । असिस्टेन्टको रुपमा बैंकको जागिरमा प्रवेश गरेका पोखरेलले स्ट्यान्डर्ड चार्टर्डमा मात्रै १९ वर्ष काम गरेका थिए । त्यसपछि एनआइसी एसिया बैंकमा साढे ५ वर्ष, नविल र्बैकमा १ वर्ष, म्यानमारमा रहेको युएबी र एजीडी बैंकमा गरी ३ वर्ष देशबाहिर काम गरेका थिए ।
काठमाडौं विश्वविद्यालयबाट एमबीए गरेका पोखरेलले हाल उक्त विश्विद्यालयको कुसुम कलेजमा अध्यापन समेत गर्दै आएका छन् ।यसअघिका सीईओ गोबिन्द गुरुङको राजीनामा वैशाख १८ गतेबाट लागु हुने गरी बैंकले सञ्चालक समितिले स्वीकृत गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij