Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

छोडीसकेको पोई बोलाएर पुराण सुनाउने माथि शिल्पाले गरिन् यस्तो प्रहार, प्रकाश परे अलपत्र

छोडीसकेको पोई बोलाएर पुराण सुनाउने माथि शिल्पाले गरिन् यस्तो प्रहार, प्रकाश परे अलपत्र


  • 9.1K
    Shares

    छोडीसकेको पोई बोलाएर पुराण सुनाउने माथि शिल्पाले गरिन् यस्तो प्रहार, प्रकाश परे अलपत्र
    images

    काठमाडौं । रंग पत्रकार प्रकाश सुबेदीले एपीवान टेलिभिजनमा सञ्चालन गर्ने दुई विवादित मनोरञ्जनात्मक कार्यक्रम निलम्बनमा परेका छन् । नायिका शिल्पा पोखरेलले आफ्नो चरित्रहत्या गरेको भन्दै उक्त कार्यक्रमका विरुद्ध टेलिभिजनमा उजुरी दिएकी थिइन् ।

    टेलिभिजन स्रोतका अनुसार गत २ वैशाखमा बसेको एपीवान टिभीको बोर्ड वैठकले शिल्पाका विषयमा थप सामग्री नबनाउन सुबेदीलाई निर्देशन दिएको थियो । तर, त्यसको अटेर गरी सुबेदीले आफ्नो कार्यक्रममा शिल्पाका पूर्वपति छवि ओझाको अन्तरवार्ता लिएर शिल्पाको थप चरित्रहत्या प्रयास गरेका थिए ।

    टिभी स्रोतले भन्यो, ‘२ गतेको बोर्ड वैठकले शिल्पाको अन्तरवार्ताबाहेक उनको विषयमा अरु खालका सामग्री प्रशारण नगर्न भनेको थियो, जसलाई उहाँले अटेर गर्नुभयो ।’

    सुबेदीले शिल्पाका विरुद्ध अर्को कार्यक्रम पनि बनाएपछि ५ गते वसेको अर्को वैठकले वाध्य भएर कार्यक्रम निलम्बन गरेको स्रोतको भनाइ छ । अर्को निर्णय नभएसम्मका लागि कार्यक्रम बन्द गर्ने टेलिभिजन बोर्डले निर्णय लिएको हो । टीभी बोर्डको निर्णयपछि सुबेदीले सञ्चालन गर्ने ‘ग्ल्यामर गफ’ र ‘रजतपट’ कार्यक्रम बन्द भएका छन् ।

    शिल्पाले सो निर्णयका लागि टेलिभिजनलाई धन्यवाद दिएकी छन् । सुबेदीले आफ्नो कार्यक्रमका एक विवाहित पुरुषसँग शिल्पाको नाम जोडेर सामग्री बनाएका थिए ।

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १३:४४:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij