Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

सरकारको बेथितिविरुद्ध अखिल (क्रान्तिकारी) सरस्वती क्याम्पसका विद्यार्थीहरूले गरे विरोध प्रर्दशन 

सरकारको बेथितिविरुद्ध अखिल (क्रान्तिकारी) सरस्वती क्याम्पसका विद्यार्थीहरूले गरे विरोध प्रर्दशन 


  • 4.9K
    Shares

    सरकारको बेथितिविरुद्ध अखिल (क्रान्तिकारी) सरस्वती क्याम्पसका विद्यार्थीहरूले गरे विरोध प्रर्दशन 

    काठमाडौं । सरकारको बेथितिविरुद्ध अखिल (क्रान्तिकारी) सरस्वती क्याम्पसका विद्यार्थीहरूले विरोध प्रर्दशन गरेका छन् ।

    विद्यार्थीहरूले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेको विरोधमा प्रधानमन्त्री केपी शर्मा ओली र उर्जा, जलस्रोत तथा सिचाइँमन्त्री दीपक खड्काको पुत्ला समेत जलाएका छन्।

    सरकारको भ्रष्ट्राचार, बेथिति, विचौलिया र स्वार्थ समूहको हितका लागि कुलमानलाई हटाएर अन्याय गरिएको भन्दै उनीहरुले पुत्ला जलाएका हुन् ।

    सो क्रममा उनीहरुले प्रधानमन्त्री र उर्जामन्त्रीविरुद्ध विभिन्न नाराबाजीसमेत गरेका थिए ।

    गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो । सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गरिसकेको छ ।

    4.jpg3.jpg

    प्रकाशित मिति :चैत्र १४ २०८१ बिहिवार - १३:०२:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij