Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

दक्षिण कोरियामा अहिलेसम्मकै ठुलो डढेलो: मृत्यु हुनेको संख्या २६ पुग्यो

दक्षिण कोरियामा अहिलेसम्मकै ठुलो डढेलो: मृत्यु हुनेको संख्या २६ पुग्यो


  • 1.9K
    Shares

    दक्षिण कोरियामा अहिलेसम्मकै ठुलो डढेलो:  मृत्यु हुनेको संख्या २६ पुग्यो
    images

    सिओल । दक्षिण कोरियामा अहिलेसम्मकै सबैभन्दा ठुलो डढेलोमा मृत्यु हुनेको संख्या २६ पुगेको छ । यसमा ३० जना घाइते भएका छन् जसमध्ये ८ जनाको अवस्था गम्भीर रहेको छ ।

    अधिकारीहरूले मृत्यु हुने अधिकांशको उमेर ६० देखि ७० वर्षको बिचमा रहेको जानकारी दिएका छन् । बुधबार डढेलो नियन्त्रणका लागि परिचालन गरेको हेलिकप्टर दुर्घटना हुँदा एक जना पाइलटको निधन भएको थियो । कम्तीमा ३ जना अग्नि नियन्त्रकहरूले पनि ज्यान गुमाइसकेका छन् । 

    डढेलो नियन्त्रण गर्नका लागि हजारौँ अग्नि नियन्त्रकहरूका साथै सैनिक परिचालन गरिएको छ । डढेलो सांस्कृतिक सम्पदाहरूमाथि ठुलो खतरा बनेको छ । उइसोङ सहरमा आगलागीका कारण सन् ६१८ मा बनेको गौन्सा मन्दिर ध्वस्त बनेको छ । यो सो प्रान्तको सबैभन्दा ठुलो मन्दिरमध्ये एक थियो ।

    south-korea-forest1.jpg


    यो डढेलो गत शुक्रबार सान्चेओङ काउन्टीबाट सुरु भएको थियो । हालसम्म यो थप ६ वटा काउन्टीमा फैलिसकेको छ । तीव्र र  सुक्खा हावाको कारण यो अझ फैलिरहेको छ ।

    south-korea-forest-fire-(3)_LX5tGAyavQ.jpg

    दक्षिण कोरियाको विपद् व्यवस्थापनका प्रमुख ली हान क्युङले बिहीबार डढेलो ३५ हजार ८१० हेक्टरमा फैलिसकेको बताए । देशको इतिहासमा यो सबैभन्दा ठुलो डढेलो भएको उनले जिकिर गरे । यसअघि सन् २००० मा लागेको डढेलोले २३ हजार ९१३ हेक्टर क्षेत्रमा क्षति पुर्‍याएको थियो ।

    south-korea-forest-fire-(6)_3KaEiYQ7ID.jpg

    south-korea-forest-fire-(8)_2OdTqXmM9N.jpg

     

    प्रकाशित मिति :चैत्र १४ २०८१ बिहिवार - १०:३४:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij