२०८२ भाद्र ७ गते शनिवार
मेष
आम्दानीको श्रोत बढेर जानेछ, शुभ दिन रहेको छ, मुहारमा कान्ति छाउनेछ। उत्साह बड्नुका साथसाथै मनभित्र आध्यात्मिक शान्तिको अनुभूति हुनेछ । कुनैपनि कार्य गर्दा गणपती महाराजको दर्शन गरेर कार्यारम्भ गर्दा अधिक सफलता प्राप्त हुनेछ ।
बृष
बुवासङ्गको सम्बन्ध मजबुत रहनेछ, कार्यछेत्रमा सफलता प्राप्त हुनेछ । मानसम्मान बढ्नुका साथसाथै राज्यबाट सम्मान पाइने योग रहेको छ । कार्यको प्रारम्भ गर्दा सुर्यनारायणलाइ जल चढाइ सुर्यनारायणको दर्शन गरेर प्रारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।
मिथुन
धार्मिक यात्रा होला, शुभ कार्यमा अग्रसर हुन पाइनेछ । मीठो भोजन पनि प्राप्त हुनेछ । आम्दानिका श्रोतहरु बढ्नेछन । भाग्य बलियो रहेको छ ।। मनमा आध्यात्मिक अनुभूति पनि प्राप्त हुनेछ ।। दैनिक कार्यारम्भ गर्दा देवि जगदम्बा भगवतीको स्मरण गरि कार्यारम्भ गर्दा भाग्यमा बढोत्तरी हुनेछ ।
कर्कट
वैदेशिक यात्राको योग रहेको छ । चोटपटकको भय रहेको छ। सावधानी अपनाउनुहोला । शारीरिक कष्टको पनि सामना गर्नुपर्ला । गुप्त रोगले सताउन सक्दछ । सचेत रहनुहोला । दैनिक कार्यको आरम्भ गर्दा भगवान भोलेनाथको स्मरण गरि महामृत्युन्जय मन्त्रको जप गरेर मात्र कार्यको आरम्भ गर्नुहोला । अशुभ फलबाट बच्न सकिनेछ ।
सिंह
दाम्पत्य जिवनमा सुखको अनुभुती हुनेछ । घरमा मङ्गल कार्य होला । अत्यन्तै मीठो भोजन प्राप्त होला । अलङकार आदिको प्राप्ती हुनेछ । आजको दिन अत्यन्तै शुभ रहेको छ । दैनिक कार्यारम्भ गर्दा भगवान बिष्णुको स्मरण गरेर कार्यको थालनी गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ।
कन्या
रोगले सताउला । मौसमी रुघाखोकीले सताउन सक्छ भने रिण पनि बड्न सक्दछ । शत्रुहरु हावी हुन सक्छन । सावधान रहनुहोला । आजको दिन कसैसङ्ग पनि बादबिवद नगर्नुहोला हानी हुन सक्दछ । मामासङ्गको सम्बन्धमा चिसोपन आउन सक्ला ख्याल राख्नुहोला । दैनिक कार्यको आरम्भ गर्दा । नारायणकवचको पाठ गरेर कार्यको आरम्भ गर्नुहोला । शत्रु र रोगबात बचिनेछ ।
तुला
शैक्षिक छेत्रमा प्रगति हुनेछ । प्रेम सम्बन्धमा सुधारको योग रहेको छ । सन्तान बाट सुख मिल्नेछ । वाणिको प्रभावले गर्दा चर्चा परिचर्चा हुन सक्दछ आजको दिन यहाको शुभ रहेको छ । दैनिक कार्यको आरम्भ गर्दा नवग्रहहरुको स्मरण गरेर कार्यारम्भ गर्नुहोला अधिक फल प्राप्त हुनेछ ।
बृश्चिक
भुमि लाभ हुनेछ। जग्गा जमिन सङ्गको कारोबारमा लाभ प्राप्त होला । घरमा शान्तीको माहोल बन्नेछ । बाहन खरिद गर्ने योग पनि रहेको छ । आमाको सल्लाहमा कार्य गर्दै जानुहोला ।दिन शुभ हुनेछ । दैनिक कार्यको आरम्भ गर्दा आफ्नो आमा बुवाको श्रीचरणमा दण्डवत गरेर कार्यारम्भ गर्नुहोला अधिक लाभ प्राप्त हुनेछ ।
धनु
पराक्रम बढ्नेछ दाजुभाइ दिदिबहिनी, इष्टमित्रमा सम्बन्ध सुधारको योग रहेको छ । दाजुभाइको सहयोगले रोकिएका कार्यहरु प्रारम्भ हुनेछन । मनले चिताएको पुग्नेछ । दैनिक कार्यको आरम्भ गर्दा बगलामुखी देविको स्मरण गरेर कार्यारम्भ गर्दा अधिक फल प्राप्त हुनेछ ।
मकर
आकस्मिक धनलाभको योग रहेको छ । भौतिक सुखको प्राप्ती हुनेछ । बोलिको प्रवाले गर्दा महत्वपूर्ण कामहरु बन्नेछन । कुटुम्भ इष्टमित्रमा प्रेमको दियो बल्नेछ । मनमा शान्ती र मुहारमा कान्ति छाउनेछ । दैनिक कार्यारम्भ गर्दा सरस्वती माताको दर्शन गरि कार्यारम्भ गर्दा अधिक फल प्राप्त हुनेछ ।
कुम्भ
व्यक्तित्वमा सुधार आउनेछ । शारीरिक मजबुती बढ्नेछ । मीठो भोजनले गर्दा मन प्रफुल्ल रहनेछ । शारीरिक कष्ट हटेर जानेछ । मानसम्मान प्राप्त हुन सक्दछ । आजको दिन अत्यन्तै शुभ छ । कुनैपनि कार्यको प्रारम्भ गर्दा हनुमान भगवानको स्मरण गरि कार्यारम्भ गर्दा अधिक फल प्राप्त हुनेछ ।
मीन
खर्च बढ्नेछ, आम्दानी कम खर्च धेरै हुने भएकोले मनमा नैराश्यता छाउला । अनावश्यक यात्रा हुन सक्दछ । सचेत रहनुहोला ।कुनैपनि कार्यको प्रारम्भ गर्दा राधाकृष्ण र भगवान बैध्यनाथ(शिव) को आराधना गरेर कार्यारम्भ गर्नुहोला । नकारात्मक फलहरु हटेर जानेछन ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij