Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

समाजवादी मोर्चाको बैठक चार बजे

समाजवादी मोर्चाको बैठक चार बजे


  • 1.7K
    Shares

    समाजवादी मोर्चाको बैठक चार बजे
    images

    काठमाडौं । समाजवादी मोर्चा नेपालको बैठक आज अपराह्न बोलाइएको छ । बैठक नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा अपराह्न ४ बजे बस्ने गरी बोलाइएको नेकपा (एकीकृत समाजवादी) केन्द्रीय प्रचार विभागले सूचनामार्फत जनाएको छ ।

    समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा रहेका छन् । मोर्चाले चैत १५ गते काठमाडौँमा प्रदर्शन गर्दैछ । सरकारका गलत क्रियाकलाप र राजावादीहरूको चलखेलविरुद्ध मोर्चाले प्रदर्शन गर्न लागेको हो ।

    सोही दिन व्यवस्था विरोधीहरुले पनि प्रदर्शन गर्दैछन् । मोर्चाले भृकुटीमण्डप र व्यवस्था विरोधीहरूले तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १३:५३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij