Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

गोन्डोलामा कार र ट्रक दुर्घटना, मृत्युको सङ्ख्या २२ पुग्यो

गोन्डोलामा कार र ट्रक दुर्घटना, मृत्युको सङ्ख्या २२ पुग्यो


  • 1.5K
    Shares

    गोन्डोलामा कार र ट्रक दुर्घटना, मृत्युको सङ्ख्या २२ पुग्यो
    images

    काठमाडौँ ।  अफ्रिकी देश मोजाम्बिकको मध्य प्रान्त मनिकाको गोन्डोला जिल्लाको काइफुम्पे क्षेत्रमा दिउँसो भएको सडक दुर्घटनामा परी २२ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले मगलबार जनाएको छ ।

    यात्रुवाहक कार र लामो दुरीको ट्रक दुर्घटना भएको हो । दुवै गाडी विपरीत दिशामा गुडेका थिए । दुर्घटनामा उन्नाइस जनाको घटनास्थलमा मृत्यु भयो । साथै, एक जना पीडितको केही घण्टापछि चिमोयो प्रान्तीय अस्पताल (एचपीसी) मा मृत्यु भएको हो । 

    एचपीसीका क्लिनिकल निर्देशक जुभेनल चिटोभेलेले मङ्गलबार मोजाम्बिकको राज्य समाचार एजेन्सी एआईएमलाई बताएअनुसार गम्भीर अवस्थामा रहेका अन्य दुई पीडितको सघन उपचार कक्षमा राति मृत्यु भएको छ ।

    मनिका प्रहरीका अनुसार दुर्घटनाको मुख्य कारण अत्यधिक गति र आधारभूत ट्राफिक नियमहरूको बेवास्ता थियो ।

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - ०८:५२:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij