Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

३५ वर्षीय प्रोफेसरको प्रेमिका खोज्न अनौठो शर्त, सामाजिक सञ्जालमा मच्चियो हंगामा

३५ वर्षीय प्रोफेसरको प्रेमिका खोज्न अनौठो शर्त, सामाजिक सञ्जालमा मच्चियो हंगामा


  • 1.6K
    Shares

    ३५ वर्षीय प्रोफेसरको प्रेमिका खोज्न अनौठो शर्त, सामाजिक सञ्जालमा मच्चियो हंगामा
    images

    काठमाडौं । एक जना ३५ वर्षीय प्रोफेसरले भर्खरै प्रेमिका खोज्नको लागि राखेको शर्तले अधिकांशलाई आश्चर्यमा पारेको छ । उनको शर्त सुनेपछि मानिसले के सोच्न थालेका छन् भने कतै उनी विवाहको लागि होइन, शाही ठाँटका लागि रानीहरू खोज्दैछन् ।

    उनको प्रेमिका खोज्ने शर्तहरुको अवस्था पढेपछि सामाजिक सञ्जालमा हलचल मच्चिएको छ र मानिसहरूले प्रोफेसरको सोचाइमाथि नै प्रश्न उठाइरहेका छन् । वास्तवमा, चीनको झेजियाङ विश्व विद्यालयका स्कूल अफ मार्क्सवादका सहयोगी प्राध्यापक लूले एक म्याट्रिमोनियल च्याट रूममा आफ्नी ‘ड्रीम गर्ल’ का लागि अनौठा शर्तहरू शेयर गरेका थिए ।

    उनले आफ्नो शारीरिक उचाइ, शैक्षिक योग्यता तथा आर्थिक अवस्था उल्लेख गर्दै आफू ३५ वर्षको भएको, उचाई १७५ सेमी तथा तौल ७० किलो रहेको जानकारी गराएका छन् । उनले पीएचडी गरेका छन् र वार्षिक आम्दानी १ मिलियन युआनभन्दा बढी छ ।

    साथै उनले लेखेका छन्– ‘मेरी प्रेमिका सन् २००० पछि जन्मिएको हुनु पर्नेछ अर्थात् मभन्दा कम्तीमा १० वर्ष कान्छी । उचाई १६५ देखि १७१ सेन्टीमिटर बीचमा हुनुपर्ने र अझै सबैभन्दा महत्त्वपूर्ण कु।रा स्लिम र आकर्षक देखिने हुनु पर्नेछ । यति मात्र होइन, युवतीले कम्तीमा स्नातक डिग्री हासिल गरेको तथा चीनका ९ ठूला विश्वविद्यालयमध्ये कुनै एकबाट पढेको हुनु पर्नेछ ।’

    उनले यदि केटीले शीर्ष २० अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट पढेकी छिन् भने केही शर्तहरूमा विचार गर्न सक्ने उल्लेख गरेका छन् । यो पोस्ट सामाजिक सञ्जालमा भाइरल र्भएको छ भने प्रयोगकर्ताले यसमा विभिन्न कमेन्टहरु गरेका छन् । पढाइ–लेखाइ बेकार गयो, यसलाई विवाह नभई लिलामी हो जस्ता कुराहरु कमेन्टमा लेखिए । कुरा यति बढ्यो कि विश्वविद्यालयले स्पष्टीकरण दिनु पर्यो र उनीहरूले उक्त पोस्टका केही कुरा झुटा भएको बताउनु पर्यो ।

    अहिले प्राध्यापकको ‘ड्रिम गर्ल’ लाई के भयो थाहा छैन, तर सामाजिक सञ्जालमा उनका शर्तहरूले पूर्ण मनोरञ्जन दिएको निश्चित छ ।

    प्रकाशित मिति :चैत्र १२ २०८१ मंगलवार - १५:०७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij