Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

महेन्द्रनगरमा शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

महेन्द्रनगरमा शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द


  • 6.1K
    Shares

    महेन्द्रनगरमा शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द

    कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा आइतबार एक शिक्षकलाई कोरोना सङ्क्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ । 

    यहाँस्थित भृकुटी माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक वीरेन्द्रप्रसाद भट्टलाई कोरोना सङ्क्रमण देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गरिएको हो ।

    स्वास्थ्य समस्या देखिएपछि कोरोना परीक्षण गरेका शिक्षक भट्टसँगै उहाँकी श्रीमतीलाई पनि सङ्क्रमण पुष्टि भएको छ ।

    सङ्क्रमण पुष्टि भएपछि शिक्षक भट्टले आफ्नो सम्र्पकमा रहेका अन्य शिक्षक तथा विद्यार्थीसमेतलाई परीक्षणका लागि आग्रह गरेका छन् । विद्यालयका अन्य १६ शिक्षकको एन्टिजेन परीक्षण गराउँदा सबैको नेगेटिभ आएको विद्यालयले जनाएको छ । रासस

    प्रकाशित मिति :बैशाख ६ २०७८ सोमवार - १२:०९:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij