२०८२ भाद्र १ गते आइतवार
काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । मिति २०८१ साल चैत्र ७ गते कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहको बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।
कम्पनीको प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल, प्रमुख बिजनेस अपरेसन ओमप्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेमप्रसाद रेग्मीले संयुक्त रूपमा क्यालेन्डर अनावरण गरेको छ । बिदाको सूची, पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरी क्यालेन्डर सार्वजनिक गरिएको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले सम्पूर्ण ग्राहक, कम्पनीको मेरुदण्डका रूपमा रहेका बीमा अभिकर्ता, मार्गनिर्देशन प्रदान गर्ने सञ्चालक पदाधिकारी, आरोह अवरोहमा सदैव साथ दिने कर्मचारी, माया, स्नेह प्रदान गर्ने शेयरधनी, नेपाल बीमा प्राधिकरण, अन्य नियामक निकायका साथसाथै नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनीको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्ने सबै सरोकारवालालाई नयाँ वर्ष २०८२ को अग्रिम शुभकामना समेत व्यक्त गरेका छन्।
आगामी दिनहरुमा कम्पनीलाई थप सशक्त बनाउनका निम्ति नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै ग्राहकहरुको सेवाको
गुणस्तरियतालाई थप प्रभावकारी बनाउन कम्पनीले समय समय सुहाउँदो योजना ल्याउने उनले बताए छन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij