२०८२ माघ ७ गते बुधवार
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीको अध्यक्ष रतन लाल केडियाको अध्यक्षतामा आयोजित सभामा वार्षिक प्रतिवेदन सार्वजनिक गरिएको थियो। साधार सभाले २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन तथा वित्तीय विवरण पारित गर्नुको साथै नगद लाभांश र बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।
बोनस शेयर तथा नगद लाभाश वितरण पश्चात हुने शेयर संरचना बमोजिम जारी पूँजी र चुक्ता पूँजी वृद्धि गरि ५,०१,४९,२४,०५ पुर्याउने प्रस्ताव पारित गरेको छ भने आ।व ०८१/०८२ को लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको प्रस्ताव समेत पारित गरेको छ ।
कम्पनीको अध्यक्षले कम्पनिको मूल्य मान्यता अवलम्बन गरि कुशल व्यवसायीक नीति संस्थागत सुशासनको सफल कार्यान्वयन दक्ष जनशक्तिको कार्यदक्षताले सर्वसाधारण सेवाग्राही बीच आफ्नो पृथक पहिचान स्थापित गर्न हामी प्रतिबद्ध रहेको जानकारी गराएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij