Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

बाबुरामसँग पार्टी एकताको कुरै नभएको नाउपाका महासचिवको दाबी

बाबुरामसँग पार्टी एकताको कुरै नभएको नाउपाका महासचिवको दाबी


  • 1.8K
    Shares

    बाबुरामसँग पार्टी एकताको कुरै नभएको नाउपाका महासचिवको दाबी
    images

    काठमाडौं । नागरिक उन्मुक्ति ९नाउपा०, जनमत र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) बिच पार्टी एकता प्रक्रिया सुरु भएको छ । 

    नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले नयाँ शक्तिसँग पार्टी एकता गर्ने बताएका थिए । केन्द्रीय समिति बैठकमा उपस्थित जनमतका अध्यक्ष राउतकै सामु चौधरीले बाबुराम पनि एकताका लागि तयार रहेको बताएका थिए । 

    जनमत र नागरिक उन्मुक्तिबिच एकता भइसकेपछि मात्र नेपाल समाजवादीसँग एकता हुने उनले बताएका थिए । उनले यस्तो भनिरहँदा नेपाल समाजवादीकी नेतृ मानुसी भट्टराई पनि त्यहीँ थिइन् । 

    तर नागरिक उन्मुक्तिका महासचिव एवं प्रतिनिधिसभा सदस्य गंगाराम चौधरीले डा।बाबुराम भट्टराई नेतृत्वको पार्टीसँग एकताको कुनै कुरा नभएको दाबी गरेका छन्  । ‘केन्द्रीय समिति बैठकमा जनमतसँग एकता गर्ने निर्णय भएको छ, बाबुरामको पार्टीबारे कुनै चर्चा भएको छैन,’ उनले भने, ‘रेशमजीले यदि कुरा गर्नुभएको छ भने त्यो उहाँको व्यक्तिगत कुरा हो तर पार्टीमा त्यसबारे चर्चा भएको छैन ।’

    महासचिव चौधरीलाई अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षधर मानिन्छ । यसअघि पनि पार्टी संरक्षक रेशमले पार्टी एकताका लागि जनमतसँग छलफल गर्दा रञ्जिता पक्षधरहरूले असन्तुष्टि जनाएका थिए । अध्यक्ष श्रेष्ठले सञ्चारकर्मीसँग पनि पटक–पटक जनमतसँग एकताको कुरा अस्वीकार गरेकी थिइन् । अहिले फेरि बाबुराम नेतृत्वको नेसपासँगको एकता अस्वीकार गरेकी हुन् । 

    यता नेसपा प्रवक्ता कृष्ण शर्मा भने नागरिक उन्मुक्ति र जनमतसँग एकताको कुरा बढिसकेको बताउँछन् । ‘ती दुई दलसँग एक चरण कुरा भएको छ, नेताहरू सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘हामीले तपाईंहरू एकता गर्नुस्, पछि हामी अन्य दलहरू पनि एकीकरणमै आउछौँ भनेका छौँ ।’

    नागरिक उन्मुक्ति र जनमतबिचको एकतालाई आफूहरूले सघाइरहेको उनले बताए । ती दुई दलसँग मात्र नभई अन्य अग्रगामी सोच राख्ने दलसँग पनि एकता गरेर मूलधारको वैकल्पिक राजनीति शक्ति तयार गर्ने उनले बताए । 

    जनमतसँग एकताका लागि वार्ता गर्न नागरिक उन्मुक्तिले कार्यदलसमेत गठन गरेको छ । कार्यदलमा महासचिव चौधरी, सुनिता चौधरी, रामलाल चौधरी छन् । यही हप्ताभित्र दुवै पार्टीको कार्यदलको बैठक बसेर सबै कुराको टुंगो लगाएर वैशाख ३ गतेभित्र आआफ्नो पार्टीलाई प्रतिवेदन बुझाउने सांसद महासचिव चौधरीले जानकारी दिए । 

    रेशम चौधरी र सीके राउतबिच धेरै कुरा टुंगिसकेकाले त्यसलाई अब दुवै कार्यदलले अन्तिम रूप दिने नागरिक उन्मुक्तिका अर्का सांसद लालवीर चौधरीले बताए । उनका अनुसार दुई अध्यक्षबिच भएका सहमतिअनुसार चौधरी पार्टी संरक्षक रहने, अध्यक्षमा सीके राउत र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहनेछन् । 

    ‘दुई जनाबिच भएको सहमति हो, तर यसलाई कार्यदल तहमा टुंगो लगाउनुपर्ने हुन्छ,’ लालवीरले भने, ‘पार्टीको नाममा पनि लगभग टुंगो लागिसकेको छ, चुनाव चिह्न ढकिया नै राख्ने सहमति भएको छ ।’ 

    नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितको संयोजकत्वमा विधान संशोधनका लागि कार्यदल गठन भएको छ । उक्त कार्यदललमा अधिवक्ताहरू सरोज थापा र गीता चौधरी सदस्य रहेका छन् ।

    प्रकाशित मिति :चैत्र १० २०८१ आइतवार - १७:५४:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij