२०८२ मंसिर १२ गते शुक्रवार
काठमाडौं । नेपालको लागि दिपल ईभीको आधिकारिक विक्रेता एमएडब्लू वृद्धि अटोकर्पले डाउन पेमेन्ट स्किम घोषणा गरेको छ ।
ग्राहकले फ्युचरिक दिपललाई आफ्नो बनाउन फाइनान्सिङ पार्टनर एमएडब्लू हायर एन्ड पर्चेजमार्फत दुई दिनमा सवारी कर्जा पास गर्ने व्यवस्था गरेको छ ।काठमाडौं नक्सालस्थित मुख्य सोरुमलगायत देशभरका डिलरमा समेत लागु हुने भएको छ । दिपलको प्रिमियम ईभीहरू एल ७ लाई मात्र १३ लाख ९९ हजार रुपैयाँ, एस ७ १४ लाख ९९ हजार रुपैयाँ र एस ७ एल मात्र १६ लाख ९९ हजार रुपैयाँ डाउनपेमेन्टमा पाइने छ ।
अझै आकर्षक बनाउन एमएडब्लू वृद्धिले ग्राहकलाई ७ किलोवाट र ३ किलोवाटको चार्जर, अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स र अन्य एसेसोरिज गरी दुई लाख रुपैयाँसम्मको थप सुविधाको पनि व्यवस्था रहेको छ । दिपल ईभी खरिद गर्ने प्रक्रियालाई निकै सहज बनाउने बताइए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij