२०८२ माघ ८ गते बिहिवार
काठमाडौं । नेपाल एसबिआई बैंक न्युरोड शाखाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। विश्व वित्तीय सप्ताह २०२५ को अवसरमा बैंकले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो।
कार्यक्रममा स्नातक तह व्यवस्थापन संकायमा अध्ययनरत ४५ भन्दा बढी विद्यार्थीहरूको सहभागिता रहेको थियो। उज्जवल भविष्यको लागि आर्थिक ज्ञान र सिपद्वारा आगामी पुस्तालाई सशक्त बनाउने उद्देश्यको साथ कार्यक्रम गरिएको संस्थाले जानकारी दिएको छ।
राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा ग्लोबल मनी विक मनाउँदै आइएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij