Logo

२०८२ भाद्र २२ गते आइतवार

२०८२ भाद्र २२ गते आइतवार

अन्तरिक्षमा महिनौं फसेका सुनिता र बुचले कति पाउँछन् क्षतिपूर्ति ?

अन्तरिक्षमा महिनौं फसेका सुनिता र बुचले कति पाउँछन् क्षतिपूर्ति ?


  • 2.3K
    Shares

    अन्तरिक्षमा महिनौं फसेका सुनिता र बुचले कति पाउँछन् क्षतिपूर्ति ?
    images

    वासिङटन । अमेरिकी अन्तरिक्षयात्रीहरू सुनिता विलियम्स र बुच विलमोर २ सय ८६ दिनपछि मंगलबार धर्तिमा फर्किए । 

    जम्मा आठ दिनका लागि भनेर गएका उनीहरू अन्तरराष्ट्रिय स्पेश स्टेशन (आईएसएस)मा २ सय ७८ दिन बढी बस्नुपर्यो । यतिका दिन अन्तरिक्षमा अलपत्र परेका उनीहरूले क्षतिपूर्ति बापत टन्नै पैसा कमाउँछन् होला रु भनेर तपाई सोच्दै हुनुहुन्छ भने तपाई पूर्णतः गलत हुनुहुन्छ । यिनीहरूले पाउने क्षतिपूर्ति रकम सुनेर तपाईले जिब्रो भने पक्कै टोक्नु हुनेछ । 

    सुनिता र बुचलाई बोकेको स्पेशएक्सको क्रु ड्र्यागन क्याप्शल मंगलबार बिहान फ्लोरिडाको तटमा अवतरित भयो । यस यानमा आईएसएसबाट सुनिता र बुचको साथमा नासाको क्रु–९ मिशनका अन्य सदस्यहरू निक हेग र अलेक्साडर गोर्बुनोभ पनि आएका थिए । गएको वर्ष सुनिता र बुचलाई बोकेर गएको बोइङको स्टारलाइनरमा प्रोपल्सनमा समस्या देखिएपछि सो यान रित्तै फर्कियो ।

    आईएसएसमा उनीहरूको बसाई अरु ६ महीना थपियो । अन्तरिक्षमा आकस्मिक रुपमा यतिका दिन बस्नु परेकोमा नासाले सुनिता र बुचलाई क्षतिपूर्ति दिने अपेक्षा गरिएको छ । नासाको पूर्व अन्तरिक्षयात्री क्याडी कोलम्यानले बताए अनुसार अन्तरिक्षयात्रीहरूले यस्ता आकस्मिक घटनाका लागि ओभरटाइम बिनाको न्यूनतम् तलब मात्रै पाउनेछन् । 

    आईएसएसमा आफ्नो अप्रत्याशित रुपमा बढ्दा आफूले हरेक दिनको लागि ४ डलर मात्रै पाएको कोलम्यानले बताएकी थिइन् । २०१० देखि २०११ को बीचमा आफ्नो अन्तरिक्ष बसाई आकस्मिक तवरले १५९ दिनसम्म लम्बिँदा आफूले करीब ६३६ डलर पाएको उनले बताएकी छिन् । सुनिता र बुचको वार्षिक तलब १ लाख २५ हजार १३३ डलरदेखि १ लाख ६२ हजार ६७२ डलरको बीचमा रहेको छ । यसको अर्थ आफ्नो न्यूनतम् तलब बाहेक दुबैले १ हजार ११२ डलर पाउनेछन् ।

    यस्ता आकस्मिक घटना हुँदा अन्तरिक्ष यात्रीले नियमित तलब मात्रै पाउने अनि ओभरटाइम नपाउने वाशिङटनियनले समाचारमा लेखेको छ । उनीहरूको आउजाउको खर्च, बसेको र खाएको खर्च चाँहि नासाले बेहोर्ने समाचारमा भनिएको छ ।

    महँगीसँगको समायोजन गर्दा सुनिता र बुचले त्यतिबेला कोलम्यानले पाएको भन्दा बढी पैसा क्षतिपूर्ति पाउनछन् कि पाउँदैनन्, त्यो चाँहि स्पष्ट भएको छैन । १९६९ मा अपोलो ११ मिशनमा चन्द्रमामा गएको समयमा निल आर्मस्ट्रङ्गले २७ हजार ४०१ डलर पाएका थिए । यो उक्त मिशनमा जानेले पाएको सबैभन्दा धेरै रकम भएको बोष्टन हेराल्डले समाचारमा भनेको छ । 

     

    प्रकाशित मिति :चैत्र ७ २०८१ बिहिवार - १७:५३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij