Logo

२०८२ भाद्र १८ गते बुधवार

२०८२ भाद्र १८ गते बुधवार

किम जोंग उनले लगाए कोरोनाको भ्याक्सिन !

किम जोंग उनले लगाए कोरोनाको भ्याक्सिन !


  • 9.0K
    Shares

    किम जोंग उनले लगाए कोरोनाको भ्याक्सिन !
    images

    उत्तर कोरियाली नेता किम जोङ–अनले चीनले निर्माण गरेको कोरोना विरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उद्धृत गर्दै ती विज्ञले किमलाई हालै उक्त खोप दिइएको बताएका हुन् ।

    ह्यारी काजियानियासले लेखेको एक लेखमा उत्तर कोरियाली नेता किम, वरिष्ट सरकारी अधिकारीहरु र उनको परिवारका सदस्यहरुले एक दुई साताभित्रै चीनमा निर्माण गरिएको खोप लगाएको बताएका छन् ।

    काजियानियास हाल वासिङ्टनस्थित सेन्टर फर नेसनल इन्ट्रेस्ट संस्थाको कोरिया अध्ययन केन्द्रका वरिष्ट निर्देशक छन् ।

    लेखमा उनले दुई जना अपरिचित जापानी गोप्य स्रोत उल्लेख गरेका छन् । तर चीनमा परीक्षणकै क्रममा रहेका केही खोपमध्ये कुन खोप किम र उहाँका परिवारका सदस्यले लगाएका हुन् भन्ने खुलाइएको छैन ।

    चीनमा हाल तीनदेखि चार किसिमका खोप परीक्षणका क्रममा रहेका छन् । तीमध्ये एउटा खोप चीनभित्रै करिब १० लाख व्यक्तिलाई लगाइएको छ । तर खोपको नतिजा सार्वजनिक नगरिएकाले यसको प्रभावकारिता र सुरक्षाका विषयमा निक्र्यौल हुन सकेको छैन । एजेन्सी 

     

    प्रकाशित मिति :मंसिर १६ २०७७ मंगलवार - १२:२२:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij