Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने

चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने


  • 1.1K
    Shares

    चैत १५ को जनप्रदर्शन भव्य बनाउन एकीकृत समाजवादीका आयोग र विभागहरूले तयारी गर्ने
    images

    काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी)का चारवटा जवस मोर्चाको संयुक्त बैठक बसेको छ ।

    मंगलबार सल्लाहकार, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय आयोग र विभागका प्रमुख तथा उपप्रमुखहरूको संयुक्त बैठक सम्पन्न भएको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिएका हुन् । 

    नेता ज्वालाका अनुसार बैठकले चैत १० गतेभित्र पार्टीका सल्लाहकार, केन्द्रीय आयोग र विभागहरूको बैठक सम्पन्न गर्ने निर्णय गरेको छ ।

    त्यस्तै संयुक्त बैठकले समाजवादी मोर्चाले आयोजना गरेको (चैत १५ गते) को वृहत् जनप्रदर्शन र सभालाई भव्य रूपमा सम्पन्न गर्न आयोग र विभागहरूले व्यापक तयारी गर्ने निर्णय गरेको छ । 

    चार दलीय मोर्चाले चैत १५ गते काठमाडौँमा जनप्रदर्शन गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

    प्रकाशित मिति :चैत्र ५ २०८१ मंगलवार - १५:३२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij