Logo

२०८२ चैत्र ३ गते मंगलवार

२०८२ चैत्र ३ गते मंगलवार

विपद् प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्ट नियुक्त

विपद् प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्ट नियुक्त


  • 1.9K
    Shares

    • images
    विपद् प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्ट नियुक्त

    सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखमा दिनेश भट्टलाई नियुक्त गरेको छ।

    सोमबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

    कार्यकारी प्रमुख सिफारिसका लागि गठित समितिले भट्टका साथै सुमनकुमार कर्ण र मन्दीप सुवेदीको नाम सिफारिस गरेको थियो।

    भट्ट वातावरण तथा जलवायु परिवर्तनका विज्ञ हुन्। उनीसँग त्रिभुवन विश्वविद्यालयका इन्जिनियरिङ क्याम्पसहरूमा करिब २० वर्ष अध्यापन गरेको अनुभव छ।

    मन्त्रिपरिषद्को सोही बैठकले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गर्ने निर्णय गरेको छ।

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १९:४६:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij