Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

सचिवालय बैठक

एमालेको निष्कर्ष : मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन सक्दैन

एमालेको निष्कर्ष : मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन सक्दैन


  • 1.6K
    Shares

    एमालेको निष्कर्ष : मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन सक्दैन
    images

    काठमाडौं ।   नेकपा एमालेले मुलुकलाई पश्चगामी दिशामा फर्काउने प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालेको छ ।  पार्टी कार्यालय च्यासलमा सोमबार बसेको एमाले सचिवालय बैठकले विशेष प्रस्ताव पारित गर्दै प्राप्त  उपलब्धीहरुलाई अस्वीकार गर्ने, नकारात्मक भाष्य निर्माण गर्ने, जनता र राष्ट्रको मनोबल खस्काउने र त्यसैको बहानामा मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य हुन नसक्ने जनाएको हो ।

    केही समययता लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधानविरुद्ध भइरहेका सुनियोजित गतिविधिहरूप्रति गम्भीर ध्यानाकर्षण भएको एमालेको बिशेष प्रस्तावमा उल्लेख छ । बैठकले मुलुकको परिवर्तन उल्ट्याउने र मुलुकलाई पश्चगामी दिशातिर फर्काउने कुनै पनि प्रयास सफल हुन नसक्ने निष्कर्ष निकालिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
     
    २१ औँ शताब्दीमा पनि जन्मजात श्रेष्ठताको वंशगत शासनको बहस आफैँमा हास्यास्पद, हानिकारक र निरर्थक हो भन्नेमा बैठकले विशेष जोड दिइएको ज्ञवालीले बताए ।  त्यस्तै बैठकले लुम्विनी एमाले प्रदेश कमिटीले अनुमोदनका लागि पठाइको प्रदेशमा थप गरिएका २८ जना सदस्यहरुको नाम अनुमोदन गरेको ज्ञवालीले जानकारी दिए । 

     

    प्रकाशित मिति :चैत्र ४ २०८१ सोमवार - १७:२६:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij